Aamsanchar

यातायात सेवालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने

Author Image
आइतवार, भदौ ३, २०७५

झापा ।

सवारी दुर्घटना न्यूनीकरण गर्दै यातायात सेवालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् । यातायात क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै व्यवस्थित रुपमा सवारी सञ्चालन गर्दै यातायात सेवालाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधानका लागि निष्कर्षसहितको अन्तरक्रिया तथा व्यवसायी सम्मान कार्यक्रममा सहभागी वक्ताहरुले यातायात क्षेत्रको विकृति अन्त्य गर्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

झापाको बिर्तामोडमा आइतवार आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले यातायात क्षेत्रलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्नेमा जोड दिएका छन् । यातायात क्षेत्रको समस्याको विषयमा सबै क्षेत्रका व्यवसायीलाई जानकारी गराउनुपर्ने भन्दै झापामा यो कार्यक्रम फलदायी भएको बताएका छन् ।

प्रदेश सांसद मैनालीले प्रदेश सरकारले यातयात क्षेत्रको व्यवस्थापनमा गम्भीर नबने यातायात व्यवसायिको भविष्य संकटमा पर्ने बताए । सांसद मैनालीले सरकारले बनाएका कानुनको बिरोध गरेर सरकारलाई कमजोर बनाउने खेल भइरहेको दाबी गरे । युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड ईन्भेष्टमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले नेपालमा यातयातको सुविधा प्रारम्भसँगै बिस्तार भएका सडक र बृद्धि भएका साधानको व्यवस्थापनका निम्ति अन्र्तरक्रिया सुरु गर्नु उदाहरणीय काम भएको बताएका छन् ।

अन्र्तक्रियामा कोषका केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले साना यातायात व्यवसायीहरु समस्यामा परेको बताए । प्रदेश–१ मा रहेका यातयातका मजदुर, कर्मचारिको आत्मनिर्भरता सहित काम गर्ने आधार प्रदान गर्न उद्देश्य संस्थाको रहेको उनले बताए ।

विद्यमान समयमा सवारी साधानको क्षेत्रमा देखिएको अस्वस्थ प्रतिष्पर्धा र एकाधिकारले सवारी सञ्चालन विधि नै चुनौति बनेका कारण यो क्षेत्रलाई स्वस्थ्य संचालनमा ल्याउन आवश्यक रहेको उनले जनाए । कार्याक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले सिन्डिकेट अन्त्य भएको दाबी गरे पनि कहाँ कसरी अन्त्य भयो भन्ने विषयमा जानकारी नदिएको दुखेसो गरे । अर्जूनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले युनाइटेड नेपाल टूान्सपोर्ट भलाई एण्ड ईन्भेष्टमेन्ट प्रालिले यातायात क्षेत्रको लगानि संरक्षण, कार्यरत मजदुर श्रमजिविको स्वभिमान र स्थायित्व रक्षाका लागि लगेको संस्थालाई सरोकारवालाको साथ आवश्यक रहेको बताए ।

यातायात व्यवस्था कार्यालय मेचीका निमित्त प्रमुख टंकबहादर कार्कीले यातायात व्यवस्था कार्यलय र प्रालि बिच सहकार्य आवश्यक रहेको बताए । कार्कीले प्रालिले नेपालको पुर्वदेखि पश्चिमसम्म छरिएर दिएको सेवाको प्रशंसा गरे । प्रालिले दुर्घटनाबाट घाइते भएका बिरामीलाई अनुभवि डाक्टरबाट उपचारको व्यवस्था गर्ने, सवारी क्षतिको दायित्व वहन गर्ने, सवारी साधानको दर्ता र पंजिकरण गराउन प्रबन्ध मिलाउने काम गरिरहेको प्रालिका प्रदेश १का बजार व्यवस्थापक सुमन सिटौलाले जानकारी दिए ।

कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रालिका सदस्य केवलराम राईले गरेका थिए । प्रालिले पर्यटन तथा हवाइ यातयात प्रदेश १ को सदस्यमा मनोनित भएका बिर्तामोडका प्रकाश शिवाकोटी र उत्कृष्ट बस चालकमा सुरुगाका ललित कट्टेललाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)