Aamsanchar

मेचीनगरमा १० दिने मुढा बनाउने तालिम सम्पन्न

Author Image
सोमवार, भदौ ४, २०७५

धुालावारी ।

मेचीनगर महिला जेसीजले आयोजना गरेको १० दिने मुढा बनाउने तालिम सम्पन्न भएको छ ।

जेसीजले सुरु गरेको धुलावारीको जेसीज गाउँका मानिसहरुलाई लक्षित गरी आयोजना गरेको तालिममा सोही जेसीज गाउँका मानिसहरुको सहभागिता रहेको थियो ।
संस्थाको आफ्नै लगानीमा भएको तालिममा शान्ति राईले प्रशिक्षण दिएकी थिइन् ।

तालिममा ३० घरको सहभागिता रहेको थियो । सोही अवसरमा उनलाई संस्थाले सम्मान समेत गरेको थियो । कार्यक्रम सुशिला खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्जु खनालले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले आगामी वर्षका वजेटमा यस क्षेत्रका व्यक्तिहरुलाई रोजगार मुलक सीपमा अघि बढाउन नगरपालिकाले विषेश सहयोग गर्ने बताए । उनले तत्कालका लागि आफ्नो व्यक्तिगत ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

जेसीजकी शाखा अध्यक्ष सुनिता पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष कविता शर्मा, मानार्थ सदस्य सीता गुरुङलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)