Aamsanchar

काठमाडाैं ७ का सांसद रामवीर मानन्धरले दिए राजीनामा,बामदेवलार्इ बाटाे खुल्याे

Author Image
मङ्गलवार, असोज २३, २०७५

काठमाडौं,

काठमाडाैं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा  दिएको घोषणा गर्नुभएको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताउनुभयो ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गर्नुभयो ।

देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको पनि उहाँले बताउनुभयो ।  काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वाचित हुनुभएकाे हाे । मानन्धर पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी विजयी हुनुभएकाे थियाे ।

उहाँले अाफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापालार्इ ८ हजार भन्दा बढी मतले पाराजित गर्नुभएकाे थियाे ।-उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)