Aamsanchar

‘स्थानीय विकास तथा पूर्वाधार निर्माणमा युवाको खाँचो’

Author Image
शुक्रवार, असोज २६, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति समुदायका चाडपर्व तथा संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताउनुभएको छ ।

नेकपा–१४ बल्खुले दशैँ, नेपाल संवत्, तिहार र छठका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै पर्वका सांस्कृतिक पक्षले सामाजिक विकास क्रमलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय युवाको सक्रियताको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि स्थानीय, प्रदेश र केन्द्रबीच समन्वय र सहकार्य आवश्यक छ ।”

सो अवसरमा सांसद विना श्रेष्ठले देशका कला, मौलिक पर्व र संस्कृतिले मानव सभ्यताको विकासक्रमलाई अध्ययन गर्न सहयोग पु¥याउने हुँदा यस्ता पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार कृष्णहरि बरालले समय परिवर्तनसँगै बदलिने मौसम तथा प्रकृतिले विभिन्न ऋतुलाई बदल्ने बताउँदै त्यसको प्रभावबाट फरक फरक संस्कृति तथा पर्वको विकास हुँदै गएको विचार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर