Aamsanchar

कात्तिकमा सिद्धिथुम्का महोत्सव

Author Image
शुक्रवार, असोज २६, २०७५

मङ्गलबारे, 

इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ ।

खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय व्यावसायिक कृषि प्रणाली र मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ ।

महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत कक्ष राखिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईँले जानकारी दिनुभयो । यसअघि यहाँ दुई पटक महोत्सव आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)