Aamsanchar

उद्देश्य भेट, सन्देश पृथक

Author Image
शनिवार, असोज २७, २०७५

बुद्धशान्ति,

झापा बुद्धशान्ति –४मा शनिबार एकै समयमा दुई वटा कार्यक्रम भए । करिब १ किलोमिटरको दुरीमा भएका दुईवटै दशैँ विशेष कार्यक्रम हुन् । उद्देश्य दशैँमा शुभकामना आदनप्रदान र मतदातासँग भेटद्दाट गर्नु नै हो ।

तर, सन्देश दुईवटै कार्यक्रममले फरक–फरक दिए । झापा क्षेत्र नम्बर–१का संघीय सांसद राम कार्की कार्यकर्तासँग शुभकामना आदनप्रदान गर्न गणेश मावि प्राङ्गणमा भएको कार्यक्रममा सहभागी बने । उक्त कार्यक्रममा मञ्च थियो, भाषण गरियो । अतिथिलाई खादा ओढाइयो, व्याच लगाइयो ।

चियापान र दशैंको रमाइलोमा केही मिठोमसिनो पनि खाइयो । कार्यक्रम राम्रै रह्यो, सबै हाँसी खुशी भए । खर्च पनि त्यही अनुपातमा भयो । किनकि, दशैंको चियापान कार्यक्रममा थोरबहुत खर्च हुनु आम नेपालीका लागि सामान्य हो । गणेश माबिको कार्यक्रमले मतदातामा उत्साह पक्कै ल्यायो ।

दशैंको कार्यक्रम मनाउने अहिलेसम्म चल्दै आएको शैली यही नै हो । उक्त स्थानभन्दा करिब १ किलोमिटर दक्षिणमा राम कार्कीसँगै पराजित विश्वप्रकाश शर्माको अगुवाइमा दशैं विशेष कार्यक्रम भयो । कार्यक्रमको प्रकृति निकै फरक थियो । बुद्धशान्ति–४को ५नम्बर चौरमा भएको सो कार्यक्रममा कोही प्रमुख अतिथि थिएनन् । त्यहाँ कसैले भाषण पनि गरेनन् ।

खादा, माला, व्याच कसैलाई पनि पहि¥याइएन । डाक्टर र स्वास्थ्य परीक्षण गराउन आएका जेष्ठ नागरिकलाई हातले गाँसेको अर्गानिक माला पहि¥याइयो । त्यस्तै माला शर्माले आफू पराजित भए पछि विजेता बनेका कार्कीलाई पहि¥याइ दिएका थिए । चौरको २ ठाउँमा टेन्ट टाँगिएको थियो । एउटा टेन्टमा स्वास्थ्य परीक्षण गराउन आएका र सहभागीलाई बस्ने व्यवस्था मिलाइएको थियो ।

अर्को टेन्टबाट स्वास्थ्य शिविरमा सेवा लिएकालाई निःशुल्क औषधी लिने व्यवस्था मिलाइएको थियो र त्यही अनुरुप काम भयो । शिविरमा कार्यक्रम उद्घाटन पनि पृथक ढंगले नै गरियो । पानसमा बत्ती बाल्ने, व्यानर पढ्ने वा अन्य कुनै औपचारिकता थिएन ।

डा.प्रज्ज्वल गौतमले ९३ वर्षीय उजीरमान दाहाल र डा.अवकेशर खड्काले ८६ वर्षीया टंकमाया दाहालको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरे । निर्वाचनमा कार्कीसँग प्रतिष्पर्धी बनेका शर्र्माले कार्यक्रममा तड्कभड्कको प्रतिस्पर्धा देखाएनन् ।

उनी चिकित्सक र स्वास्थय परीक्षण गर्न आएकासँग ओहोरदोहोर गरी रहे । उनले मतदाताको स्वास्थ्य अवस्थाका बारेमा सोधे र रोग अनुसारको उपचारका लागि स्वास्थ्य परीक्षण गर्न तयार पारिएको कोठासम्म पु¥याए ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि निक्कै राम्रो व्यवस्था गरिएको आभाष हुन्थ्यो । ल्याबसहितको सेवा शिविरमा दिन सक्नु स्वास्थ्य उपचारका दृष्टिले निक्कै राम्रो हो । कार्यक्रममा ८१ वर्षीया पूर्णमाया राई र ७७ वर्षीय कर्णबहादुर दर्जीसहित १ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यहाँ २५ जनाको टोलीले स्वास्थ्य सेवा दिएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत ठाउँबाट आएका चिकित्सकले सेवा दिएका हुन् । स्वास्थ्य परीक्षण गराएकालाई वितराण गर्न १२ लाख बराबरको औषधी शिविर स्थलमा पु¥याइको थियो ।

स्वास्थ्य परीक्षण गराएका मध्ये ६०० जना बढीले निःशुल्क औषधी लगेको औषधी वितरणमा खटिएका सुरेश खटिवडाले बताए । सेवा दिन सात जना डाक्टर र चार जना प्राविधिकसहित २५ जना खटिएका थिए । यि दुवै दशैंका बीचमा मतदातासँग भेटघाट गर्ने उद्देश्यले गरिएका कार्यक्रम हुन् ।

एउटा कार्यक्रममा रमाइलो भयो । अर्को कार्यक्रममा मतदाताको स्वास्थ्य समस्याको हल भयो । केही नयाँपन दिन नयाँ सोच बनाउनु पर्छ भने झैँ शर्माले स्वास्थ्य शिविरको सोच बनाएर दशैंमा नयाँपनको आभाष दिलाएका छन् ।

शर्माले अगुवाइ गरेको जस्तै कार्यक्रम गर्न सके दशैं रमाइयो मात्र होइन, सार्थक र नागरिकसँग प्रगाढ सम्बन्ध स्थापित गर्न नौलो आयम हुन सक्छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)