Aamsanchar

मोरङमा दश महिनामा ११ जनाको हत्या

Author Image
शनिवार, मंसिर १, २०७५

विराटनगर ।

मोरङमा पछिल्लो दश महिनामा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङको तथ्यांकअनुसार १ जनबरीदेखि हालसम्म १३५ वटा घटनामा १७१ जना पीडित बनेका छन् ।

सबैभन्दा बढी बलात्कारका घटना ५५, बलात्कार प्रयास २७ वटा, घरेलु हिसा ७ वटा, बहुविवाह १० र हत्याका ११ वटा घटना भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराइले जानकारी दिइन् ।

बलात्कारका ५५ घटनामा ४३ जना बालिका र १३ जना महिला, त्यसैगरी बालत्कार प्रयासका २७ घटनामा ११ बालिका र १६ महिला रहेका छन ।

यस्तै, अपहरणका २ वटा घटनामा एक बालिकासहित सात जना पीडित भएका छन भने एक जना बालक अप्राकृतिक मैथुनबाट पीडित भएको इन्सेकले जनाएको छ ।

यस्तै, कुटपिट ७, मानवबेचविखन २, हत्या प्रयास ४, बालविवाह १ वटा घटना भएको इन्सेकले जनाएको छ । यो गत वर्षको भन्दा बढी हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)