Aamsanchar

अनमोल केसीले फिल्म नखेल्ने भए

Author Image
मङ्गलवार, पौष २४, २०७५

अनमोल केसीले ४५ लाख पारिश्रमिक लिएको चलचित्र ‘ब्याच्लर बन्टी नगरने भएका छन् । पुस्ता माझ निकै लोकप्रिया नायक अनमोलले चलचित्र ‘ब्याच्लर बन्टी’ नगर्ने बताएका छन् । मिलन चाम्सले निर्देशन गर्ने चलचित्र ‘ब्याच्लर बन्टी’ का लागि अनमोलले ४५ लाख पारिश्रमिक लिएका थिए । अनमोलले ४५ लाख पारिश्रमिक लिएको कुराले नेपाली सिने जगतमा ठुलै चर्चा पाएको थियो । निर्माण टिमले चलचित्रको प्रदर्शन मिती समेत घोषणा गरिसकेको थियो ।

केही दिन अघी मात्र चलचित्रका निर्माताहरु मध्यका एक सुदिप खड्काले सामाजिक सन्जाल मार्फत अर्को बर्षको भदौ १३ गतेलाई प्रदर्शन मिती घोषणा गरेका थिए । तर हालै मात्र आएर अनमोलले ‘ब्याच्लर बन्टी’ छोडेको बताएका छन् । अनमोलले निर्माण टिम सँग चलचित्र साईन गरिसकेका थिए भने चलचित्रको स्क्रिप्ट पनि प्राप्त गरिसकेका थिए । यती सम्म कि उनले चलचित्रको लागि उनले १० लाख रुपैया साईनिङ अमाउन्ट समेत लिईसकेका थिए ।

चलचित्रमा उनले काम गर्ने भन्दै सबै प्रकृया पुरा भईसकेको अवस्थामा फाइनल ड्राफ्टमा तयार भएको भूमिकामा आफुलाई ढाल्न नसक्ने भन्दै उनले चलचित्रबाट हात झिकेका हुन् । यही कुरालाई अनमोलले फिल्म छोड्नुको कारण बताई पनि यती फिल्मको छोड्नुको कारण यतीमा मात्रै भने सिमित छैन । अनमोल निर्माण टिमले आफु सँग सल्लाह नै नगरी अभिनेत्री छनोट गरेको कारण खुशी थिएनन् । उनले फिल्म छोड्नु पछाडिको कारण यो पनि हुन सक्ने बताईएको छ ।

यस्तै अनमोलले फिल्मको स्क्रिप्ट चेन्ज गर्न निर्माता सुदिप खड्कालाई अनुरोध गरे पनि चेन्ज नभएको कारण उनी असन्तुष्ट रहेका थिए । अनमोलले स्क्रिप्ट चेन्ज गर्न गरेको आग्रह निर्माता खड्काले निर्देशक मिलन चाम्स र लेखक प्रदीप भारद्धाजलाई सुनाएका थिए । तर दुबै जनाले अनमोलको आग्रह अस्विकार गरेका थिए । अनमोलले यस अघी पनि चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’ बाट हात झिकेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर