Aamsanchar

नेवाः देय दवूको दोस्रो नगर अधिवेशन सम्पन्न

Author Image
मङ्गलवार, फागुन ७, २०७५

अर्जुनधारा।

नेवाः देय दवू अर्जुनधारा नगर समितिको दोस्रो नगर अधिवेशन सोमबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष गौरीशंकर श्रेष्ठको अध्यक्षता र प्रदेश १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वीना तुलाधरले गरेका थिइन् ।

सोही कार्यक्रमको सन्दर्भमा प्रदेश सांसद् प्रधानलाई समितिकोतर्फबाट सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा दवू प्रदेश समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठ, दवू झापाका अध्यक्ष दिनेश शाक्य, नेपाल आदिवासी जनजाती महासंघ नगरका अध्यक्ष जगत राना मगर, कृष्ण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

‘जुजाबु’ अर्थात् नेवार पुरोहित डिल्ली जोशीले नेवार समुदायहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको विषयमा संक्षिप्त जानकारी दिएको कार्यक्रममा दवूमा आवद्ध कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भानु श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर