Aamsanchar

‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि निकासा’

Author Image
शनिवार, चैत १६, २०७५

विराटनगर, 

स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले मुलुकको स्थानीय निकायका एक हजार २०० वडामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि रु पाँच लाखका दरले निकासा गरिएको बताउनुभएको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वास्थ्य मन्त्रालयले जनताले समुचित स्वास्थ्य सेवा उपलब्ध गराउन थप एक हजार ३०० वडा सेवा सञ्चालन गर्ने र स्वास्थ्यकर्मीलाई रोजगारी उपलब्ध गराउन आगामी दिनमा १० हजार जना मागसहितको लोकसेवामार्फत विज्ञापन आह्वान गरिने जानकारी दिनुभयो ।

कार्यकममा प्रदेशसभा सदस्यद्वय जयराम यादव र राधा थापाले स्वास्थ्यकर्मीको समस्या समाधान वर्तमान सरकारले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

हरिशङ्कर साहको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश संयोजक भुपेन्द्र नेम्वाङ, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, स्वास्त्यकर्मीका केन्द्रीय अध्यक्ष बालकिशोर यादव लगायतले स्वास्थ्यकर्मीमाथिको विभेद अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सोही अवसरमा सञ्चारकर्मी मकालु टिभीका नवीन कर्ण, न्यू सृष्टि दैनिकका ब्रह्मदेव यादव, उद्घोष दैनिकका जीतेन्द्र ठाकुर र सङ्घीय फोरम पत्रकार सङ्घका मोरङ अध्यक्ष मुकेश यादवलाई सम्मान गरिएको थियो । उक्त अधिवेशनमा प्रदेशका १४ जिल्लाका पाँच सय प्रतिनिधिको सहभागिता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)