Aamsanchar

शुक्रबार महाकालीको पुजा गर्नाले जीवन निकै सुखमय

Author Image
शुक्रवार, जेठ १७, २०७६

 शुक्रवार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ । आज शुक्रबार कसरी महाकालीको पूजा र मन्त्र जप गर्ने त ? जान्नुहोस् पूजा विधि र मन्त्रको बारेमा केही जानकारी । यसरी गर्नुस् पूजा माता कालीकी साधना सन्यासी र तान्त्रिकहरु पनि गर्ने गर्छन् । माता कालीका भक्त मान्ने गर्छन् कि माता काली कालको संम्हार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन् ।

शुक्रवार कालीको उपसनाको लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने । र बसेर १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्ने । र आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनुहोस् । महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)