Aamsanchar

प्रितमलाई बिर्तामोडमा सम्मान

Author Image
आइतवार, असार १, २०७६

बिर्तामोड, असार १ ।

भर्खरै सम्पन्न भएको भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई आइतबार बिर्तामोडमा सम्मान गरिएको छ ।

हसिलो स्वभाव मलिम बोली अनि गायकीमा अदभूत प्रतिभा भएका इटहरीका आचार्यलाई नेपाल संगीत कलाकर्मी संघ झापा र बिर्तामोडस्थित सरगम संगीतालयले नगदसहित सम्मान गरेको हो ।

पिता काशीराम आचार्यसहित आई पुगेका प्रितमलाई स्वागत गर्न बिर्तामोडका सयौँ बालबालिका र कलाकर्मी भेला भएका थिए । संगीत सिक्दै गरेका बिर्तामोडका बालबालिकालाई प्रितमले हिन्दी गीत ‘सन्देश आते है’ र ‘तडप तडक के इस दिल’ तथा भक्तराज आचार्यको नेपाली गीत ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ गाएर सुनाए भने उनलाई एक पछी अर्को गीत गाउन आग्रह गर्नेको जमात थियो, तर उनले ३ वटा गीत प्रस्तुत गरेका थिए त्यो पनि विना संगित ।


कार्यक्रमका प्रमुख अतिथि संगीत कलाकर्मी संघका केन्द्रीय अध्यक्ष डीबी गुरुङ, सरगम संगीतालयका प्रवन्धक दीपक रायामाझी, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ लगायतले प्रितमलाई सम्मानपत्र प्रदान गरेका थिए । ६ महिनाको भारत बसाँईबाट फर्किएलगत्तै प्रितमलाई आजभोली बिभिन्न संघसंस्थाहरुले सम्मान गर्दै आएकाछन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)