Aamsanchar

आँखाको नानीप्रत्यारोपण सम्बन्धि सचेतना

Author Image
शनिवार, असार ७, २०७६

बिर्तामोड ।

झापाको कनकाईनगरपालिकामाआँखाको नानी प्रत्यारोपण सम्बन्धीजनचेतनामुलककार्यक्रम सम्पन्नभएको छ ।

कनकाईको सुरुङ्गास्थितप्यारागन एकेडेमी स्कुलको आयोजनामाआँखाको नानीप्रत्यारोपण सम्बन्धि जनचेतना मुलककार्यक्रम शुक्रवार सम्पन्नभएको हो । आफ्नो मृत्यु पश्चातआँखादानगरे दृष्टिविहीनहरुलाइै संसार देखाउन सकिन्छभन्ने उदेश्यले जनचेतनामुलककार्यक्रमको आयोजनागरिएको थियो ।

सोहि कार्यक्रममाआँखादानप्रति धेरै मानि सकरात्मक देखिएकाछन् । कार्यक्रममकाअवसरमा सञ्चारकर्मी आयुषनिरौला, अर्जुन उप्रेतीलगायत२०जनाले आँखादानइच्छापत्रमाहस्ताक्षर गरेकाछन् ।

पछिल्लो समय आँखादानप्रतिमानिसमा सकारात्मक सोच बढ्दै गएको भएपनि मृत्युपछिआँखादानगर्ने कार्यमाकोहीपनि सक्रियनभएको विद्यालयकाशिक्षकअर्जुन उप्रेतीले बताए । उनले भने, आफुले गरेको आखादानले कुनै व्यक्तिले नयाँजीवनपाउनसक्छभन्ने कुराको जानकार नहुँदाआँखादानगर्नेको संख्याखासै देखिदैन ।

प्रत्येक व्याक्तिको एउटाआँखाले २ जना दृष्टिविहीनले संसार देख्न सक्ने आँखाविशेषज्ञहरुको भनाई छ । समाजमा सर्वसाधारणलाई आँखादानमहादानहो भन्ने कुरा बुझाउन र मृत्युपछिआँखाको नानीदान गरे धेरै दृष्टिविहीनले नयाँजीवनपाउन सक्छन् भनेर जनचेतना फैलाउनआवश्यक रहेको मेचीआँखाअस्पतालकाप्रमुख सुरजकुमार रौनियरको भनाई छ ।साथै दान गरेको आँखाअस्पतालले कुनै पनिजात, भाषा, धर्मकाआधारमाप्रदाननगरी कुनै पनि दृष्टीविहिनलाई निशुल्क रुपमाप्रदानगर्ने पनिरौनियारले जानकारी दिए ।

आँखाअस्पतालका नेत्र अधिकृत पुष्पअधिकारीे आँखादान कसरी गरिन्छ, कुनभागदानगरिन्छ, कस्ताव्यक्तिले आँखादानगर्न सकिन्छआदि कुुरामाविद्यार्थीहरुलाई परामर्श दिएकाथिए । उहाँकाअनुसार मानिसले अहिले आँफु जीवितहुँदादान गरेको आँखाउसको मृत्युभएपछिनजिकको आँखाअस्पतालआएर लैजाने छ ।

यताआँखादानदिएको परिवारको प्रतिनिधिका रुपमाबुद्धशान्तिगाँउपालिकाकालोकनाथखतिवडाकाछोरा सुरेस खतिवडाले बुवाले आँखादानदिएको कारणआजखुशीले प्रफुल्लितभएको बताए । उहाकाअनुसार केहि महिनाअघि स्र्वगरोहणहुनुभएकाबुवाआजीवनआवाजविहिन र कानपनि नसुन्ने व्याक्तिले जीवनको अन्तिम क्षेणमाइसाराकामाध्यमबाटआँखादानदिने आशयव्यक्तगर्नुभएको थियो । सोहि अनुरुप मृत्यूपछिबुवाको आँखादिएको बताउदै सोहि कार्यक्रमकै अवसरमै आँखादानगर्ने प्रतिबद्धताजाहेर गरेकाथिए ।

यसैगरि २० बर्षअघिआँखादानइच्छापत्रमाहस्ताक्षर गर्नुभएका सुर्यदयटिभीकाकार्यक्रम प्रस्तोताले पहिले र अहिलेको युवाहरुको सोचमा परिवर्तन आएको बताए । सो समयमाआफुले समाजमाआँखादानदिने बारेमा सचेतनाजगाउँदापनिअष्पतालको अभावले पनिविभिन्न समस्याआएको अनुभव सुनाए ।

कार्यक्रमकाप्रमुखअतिथिकनकाई नगरपालिकाप्रमुख राजेन्द्र कुमार पोख्रेलले उदारणियकामगर्न सफलप्यारागनको प्रसशां गर्दै पालिकाले सिङ्गो गाउँपालिका स्तरमै यस्ताकार्यक्रमछिटै गरिने बताए । उनले भने, गाँउपालिकाकाप्रतिनिधिहरुसबै सङ्ग छलफलगरि यस्ताकार्यक्रमलाई चाडँै अगाडिबढाइने बताए । प्रविधिको विकास र सेवाविस्तार सँगसँगै जनचेतनाअभिवृद्धिको माध्यमबाटआँखादान सम्बन्धीजनाचेतना फैलाउनआवस्यक रहेको कार्यक्रममाउपस्थितवक्ताहरुकोभनाई रहेको थियो थियो ।

आँखादान गर्न पाउदा निकै खुसि लागेको बताउदै शिक्षक र विद्याथीहरु आँखादानका लागि तयार भएका थिए । झापाकाविद्यालयमा नै पहिलो कार्यक्रम रहेको सफलभएकोमाखुशिब्यक्त गरे ।

प्यारागन एकेडेमिको आयोजना र मेचीआँखाअस्पतालको प्राविधिकसहयोगमाब्रिटिशकाउन्सिल ईन्टरनेश्नल स्कुलअवाडप्रजेक्टनम्बर दुई अन्र्तगतअर्गेन एण्डटिस्यु डोनेशनअन्तर्गत जनचेतनामुलककार्यक्रममा सम्पन्नभएको हो ।कार्यक्रमकै अवसरमाविद्यार्थीले जनचेतनामुलकनाटकतथा सास्कृतिकार्यक्रमपनिप्रस्तुत गरेकाथिए ।

प्यारागन एकेडेमिकी संस्थापकअध्यक्षचम्पा सुबेदीको सभापतित्वमा सम्पन्नकार्यक्रममाकन्काई नगरपालिकाकाप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुखआतिथ्यता रहेको थियो । आइएसएको अडिनेटर डिल्लीसिटौलाले कार्यक्रमको औचित्यमाथीप्रकाशपार्दै शाव्दिकशब्दले स्वागतगर्नुभएको कार्यक्रमको सञ्चालनविद्यालयका ईन्चार्ज गुरु प्रसादपौड्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर