Aamsanchar

लिम्बुवानको (सलिसाम ) अधिवेशन कतारमा सम्पन्न

Author Image
सोमवार, असार २३, २०७६

दोहा : गत ५ जुलाई २०१९का दिन, कतारको औधोगिक क्षेत्र स्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेशन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराक को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
महाधिवेशनले रेखा राईको अध्यक्षतामा ५१ जनाको कार्य समिति बनेकोछ । सो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरुमा सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ रहेकाछन् भने, महासचिव नगेन पाक्सावा, उपमहासचिवदय देवी प्रसाद आङदेम्बे, सुजन पराहाङ लिम्बु, सचिव होम खेसेहाङ फियाक, अर्थसचिव कुमार सिहं योङहाङ, सह–अर्थससचिव महेश राई रहेका छन ।

त्यसैगरि सदस्यहरु विनिता राई, ललित सन्यक्पा लिम्बु, मेघराज इजम, खगेन्द्र नेम्बाङ, अमृत कुरुम्बाङ, भुमिराज योङहाङ लिम्बु, संयोज योङहाङ लिम्बु, मोहन याक्केक योङहाङ, श्रीहाङ जबेगु लिम्बु, बुद्ध लक्सम्बा, अमिर लावती लिम्बु, मिथुन प्रसाद लिम्बु, सुनिता चेम्जोङ, मञ्जु सावाँ, सुजता लावती, मौसम लिङदम, हर्क खजुम, दिपेन चम्जोङ, रुपा लिम्बु चेम्जोङ “ए”, रिता कुमारी आङदेम्बे, राज रुचाल, विष्णु ताम्लीङ, देउ प्रसाद आङदेम्बे, याम बहादुर काङबा, मोहन केदेम, भिम पराहाङ, रुद्रप्रसाद तमाङ, रविन कुरुम्बाङ, तुलसि मिभक, रुपा चेम्जोङ “वि”, सुजता लावती, डिकलाल लिम्बु, रविन विश्वकर्मा, देउ बहादुर सम्बाहाङफे, प्रकाश हाङगाम, हेम लिबाङ, मिलन ब. तुम्सा, रण ब. लिबाङ, विशाल लिम्बु, महन केदेम र नविन धामी रहेका छन् ।

कार्यक्रममा विविध सांस्कृतिक नृत्य र विभिन्न कला प्रस्तुत गरिएको थियो । साथै सो कार्यक्रममा कलाकार, खेलाडी र अन्य सहयोगी व्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । सलिसाम कतारकी निर्वतमान कार्यवहाक अध्यक्ष रेखा राईको सभाध्यक्ष रहेको उक्त कार्यक्रमलाई उपाध्यक्ष कुमारसिं योङहाङको स्वागत मन्तव्य र महासचिव डम्बर लिबाङले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर