Aamsanchar

पत्रकार सापकोटा सम्मानित

Author Image
बिहिवार, कार्तिक २३, २०७४

विर्तामोड।

झापाको शिवसताक्षीमा पत्रकार विनोद सापकोटा सम्मानित भएका छन । दुई दसक देखि पत्रकारितामा क्रियासील पत्रकार सापकोटालाई स्थानिय सताक्षी प्रेस क्लवको प्रथम अधिवेसनको अवसर पारेर विजय –गोपिहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारीता पुरस्कार द्धारा सम्मान गरिएको छ ।

नगद ५ हजार १ सय १५ द्धारा नेपाल पत्रकार महाँसघका झापा अध्यक्ष तारामणी सापकोटा र पुर्व सांसद तारासम याङयाले सम्मान पत्र सहित दोसल्ला पहिर्याएर सम्मान गरेका हुन । विजय –गोपिहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारीता पुरस्कार पाउने सापकोटा पहिलो हुन ।

शिवसताक्षी ११ निवासी पत्रकार सापकोटा विवेचना दैनिकका कार्यकारी सम्पादक हुन । कन्चनजंघा एफ एम, सेतोपाटी अनलाईनको झापा समचारदाताको रुपमा पनि सापकोटा कार्यरत छन । समाजका विविध पक्षका खोज मुलक विषय वस्तुलाई समचारको माध्यमबाट प्रशारण प्रकासन गरि नेपाली पत्रकारीताको उन्नतीमा सहयोगी भुमिका खेलेकोे भन्दै सम्मान गरिएको पुरस्कारका दाता कृष्णचन्द्र सेलिङले वताए ।

सताक्षी प्रेस क्लवका अध्यक्ष छविलाल दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व सांसद तारासम याङया, नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य सन्तोष कुमार म्यानाङवो, समाजबादी फोरम नेपालका लाहान सिङ तुम्बाफो , शिक्षक पदमप्रसाद दाहाल, चन्द्रप्रसाद खनाल पत्रकार उमानाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानित पत्रकार सापकोटाले आफ्नो २२ वर्षे पत्रकारीताको अनुभव सुनाए । क्लवका उपाध्यक्ष सेलिङ केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव भगिहाङ मेनेङवोले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर