Aamsanchar

विषादी नियन्त्रण अभियान तीव्र

Author Image
शनिवार, असोज २०, २०७५

इलाम,

विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आउनुभएको छ ।
नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले विषादीरहित समाज निर्माणका लागि सक्दो सहयोग गर्ने बताउनुभयो प्राङ्गारिक खेतीका लागि भकारो सुधार कार्यक्रमका साथै उन्नत जातका गाईको बाच्छा–बाच्छी वितरण गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो । उक्त अभियानअन्तर्गत जैविक विषादी निर्माणसम्बन्धी सीपसमेत प्रदान हुँदै आएको छ ।
पाथीभरामा सफाइ

इलामको पाथीभरा मन्दिर क्षेत्रमा सफाइ गरिएकोे छ । भक्तजनले मन्दिरमा चढाउन ल्याएको वस्तु यत्रतत्र फालेर फोहर बनाएका कारण आसन्न नौरथामा मन्दिरमा विशेष पूजाआजा गर्न व्यापारी समूहको सक्रियतामा उक्त मन्दिरमा सफाइ गरिएको हो । मन्दिर क्षेत्र फोहर भए भक्तजन कम आउने र त्यसको प्रत्यक्ष असर व्यापारीलाई पर्ने भएकाले मन्दिर क्षेत्रको सरसफाइ गरिएको पाथीभराका माला व्यापारी समूहका सचिव मिलन भुजेलले बताउनुभयो । उक्त मन्दिरमा हरेक वर्ष घटस्थापनादेखि महानवमीसम्म महादुर्गाको पूजाका साथै सप्तसती पाठ हुँदै आएको छ ।

फोहरलाई व्यवस्थित गर्न व्यापारीले नियम बनाएको व्यापारी समूहका उपाध्यक्ष दिनेश निरौलाले बताउनुभयो । “प्रत्येक पसलले आ–आफ्नो पसलको अगाडि एउटा डस्टबिन अनिवार्यरुपमा राख्न र सिसाजन्य वस्तु विक्री वितरणमा रोक लगाएका छाँै”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर