Aamsanchar

ग्रामीण सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड

Author Image
बिहिवार, माघ १०, २०७५

इलाम।

अब सडकहरु हिउँद बर्खानै चालू हुने (अलवेदर) किसिमको बनाउनुपर्ने इलामको रोङ–३को चिण्डेपानी गाउँमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कुटीडाँडाबाट लामपोखरी हँुदै चिण्डेपानी गाउँ जाने सडकको मर्मत कार्य सम्पन्न भएपछि आयोजित सार्बजनिक सुनुवाइमा बोल्ने बक्ताहरुले बिकासले स्थानीयको आर्थिक समृद्धिको पाटोमा सहयोग गर्ने भएकाले सडकमा पहिलो प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै पाथीभरा दूग्ध उत्पादक सहकारी सस्थाका व्यवस्थापक अमृत खवासले सडक नभएकै कारण गाउँको दूध बिक्री नभएको बताए । ‘गाउँमा उत्पादन भएको दूध सहकारीले संकलन गरेर चिस्यान केन्द्रसम्म पु¥याउन नसक्दा किसानमा नैरास्यता आएको छ– व्यवस्थापक खवासले भने– ‘यदी सडक बर्खामा पनि चालू हुने हो भने पशुपालन ब्यवसाय फस्टाउने र तरकारी तथा फलपूmल खेतीको सम्भावना रहेको छ । गत बर्ष खनिएको ४ किलो मिटर बाटो बर्खामा भत्किएको थियो ।

मर्मतको लागि गाउँपालिकाले यस बर्ष २ लाख रुपैयाँ दिएकाले पिछडिएको लाप्चा बस्तीको बिकासमा सहयोग पुगेको अर्का सहभागी स्थानीय ज्ञानकुमारी लाप्चाले बताइन् । ‘साबिक कोल्बुङ–१ लोपोन्मुख लाप्चा समुदायको बाक्लो बस्ती भएकाले बाटोले लाप्चा समुदायको रहन सहन अध्ययन गर्न आउनेहरुलाइ पनि सहयोग पुगेको ज्ञानकुमारीले बताइन् ।

रोङ गाउँपालिकाले लाप्चा सस्कृति संरक्षणको लागि संग्राहलय बनाउने योजना बनाएको छ । बिकासमा पछाडि परेको भनेर ठानिएको गाउँमा लाप्चा संग्रहालय निर्माण गर्ने गाउपालिकाको योजना रहेकाले गाउँमा बिकासको लहर आउने अपेक्षा रहेको लाप्चा समुदायका अगुवा एवम् स्थानीय युवा तेजबहादुर लाप्चाले बताए ।

कुटीडाँडाबाट लामपोखरी चिण्डेपानी हुँदै सूर्योदय नगरपालिकाको कन्याम अम्बी जोडन सके फिक्कल जानको लागि पनि सोझो बाटो हुने सार्बजनिक सुनुवाइमा अर्का स्थानीय अम्बर सुनुवारले बताए । गाउँमा सडक छिरेपछि बिकासको ढोका खुलेकोले यसको प्रयोग गरेर आम्दानीको श्रोत बढाउनु पर्ने सुनुवारले बताए । उनले भने– अब यो बाटोलाई ग्राभेल गरेर साना सवारी साधनहरु पनि गाउँसम्म पुग्ने बाटो बनाउन गाउँपालिकासँग पहल हुन आवस्यक छ ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य प्रेमराज गुरुङले सहभागी सबैको धारणा सुनिसकेपछि सम्भावना रहेको आवश्यकता अनुसार बिकास गर्न गाउँपालिका सँधै लागि रहने बताए । ‘तरकारीको पकेट क्षेत्रको रुपमा पनि रहेको यस क्षेत्रको आर्थिक उन्नतिको लागि सडकलाई बारैमहिना चल्ने बनाइने छ’– वडा सदस्य गुरुङले भने– ‘यस क्षेत्रमा होमस्टेको सम्भावना रहेकाले यसतर्फ लाग्न पनि सकिने छ’ । एकपट्टिको सडक अवरुद्ध हँुदा अर्को सडक प्रयोग गर्न सकिने गरी पनि यो सडकको महत्व रहेकोले यसतर्फ लागि रहन स्थानीयबासीले पनि तत्परता देखाउनुपर्ने सदस्य गुरुङले बताए ।

सार्बजनिक सुनुवाइमा निर्माण उपभोक्ता समितिका सचिब केशबराज लुइँटेलले गाउँपालिकाबाट बिनियोजन भएको २ लाख रुपैयाँ र ५९ हजार रुपैयाँको जनश्रमदान प्राप्त भएको जानकारी दिए । प्राप्त रकमबाट मेसिनमा ९८ हजार पाँच सय ८८ जनसहभागितामा १ लाख ३ हजार ५ सय २८ रुपैया जनश्रमदान ५९ हजार १ सय ३ र सामग्री ३ हजार ८ सय ८० रुपैयाँको सामग्रीहरु खरिद गरिएको सचिब लुइँटेलले जानकारी दिए ।

पाथीभरा दूग्ध सहकारीको कार्यलयमा आयोजना भएको सार्बजनिक सुनुवाइ कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष चक्र खवासको सभापतित्वमा सम्पन्न भएको थियो । मेची राजमार्गको कुटीडाँडा कन्याम सडकखण्डको हर्कटे बजार नजिकै रहेको सो बस्तीको कतिपय घरमा अहिले पनि बिजुली बत्ती पुग्न सकेको छैन । एक बर्ष अघि गाडिएका फलामका पोलमा खिया लाग्न आँटे पनि तार तन्काइएको छैन । स्थानीयले सडक सँगसँगै पानी बिजुलीको पनि भरपर्दो व्यवस्था मिलाईदिन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 477

प्रतिक्रिया (०)

सम्बन्धित खबर