Aamsanchar

राज्यको असहयोगका कारण व्यवसाय कमजोर बनेको भन्दै ज्ञापन पत्र

Author Image
बिहिवार, माघ १०, २०७५

सागर गौतम खुदुनाबारी ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले कच्चा पदार्थ, दक्ष कामदारको अभाव र राज्यको असहयोगका कारण व्यवसाय कमजोर बन्दै गएको भन्दै झापाका १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।

संघले अर्जुनधारा नगरपालिकाको नगर प्रमुख हरि रानालाई ज्ञापनपत्र बुझाउने क्रममा फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले राज्यको उदासीनताका कारण फर्निचर उद्योग बन्द हुने अवस्थामा रहेको बताएका हुन् ।

उनीरुले कच्चा पदार्थको चरम अभाव झेल्नु परेको गुनासो समेत गरेका छन् । व्यवसायीहरुले नम्बरी आवादीमा रहेको कटहर, कदम, टिक, मसला सिसौ लगायतका प्रजातिका कुकाठ स्थानीय सरकारको सिफारिसमा बिना झन्झट उद्योगमा पु¥याई उद्योग सञ्चालनमा सहयोग गर्न माग गरेका छन् ।

त्यस्तै ५ वर्षदेखि प्रतिबन्धित पुराना काठ ओसारप्रसार प्रक्रियालाई फुकुवा गराउन, कुहिएर गइरहेका काठहरुको फुकुवा भएमा स्थानीय क्षेत्रमा अवस्थित वनहरुको संरक्षण र सबद्र्धनमा समेत टेवा पुग्ने फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाका अध्यक्ष टेकबहादुर खजुमले प्रस्तुत गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

कुहिएर गइरहेका काठहरुको सहज रुपमा डिभिजन कार्यालय र स्थानीय तहको सिफारिसमा फर्निचर उद्योगलाई उपलब्ध गराएमा बन्द हुने अवस्थामा रहेको उद्योग सञ्चालनमा आउने अध्यक्ष खजुमले प्रस्तुत गरेको ६ बुँदे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

फर्निचर व्यवसायको दिगो विकासका लागि सिपमुलक तालिम र दक्ष जनशक्ति उत्पादनका एउटा तालिम केन्द्रको स्थापना गर्न संघले स्थानीय सरकार समक्ष माग गरेको छ । झापामा ८ सय ५० वटा संक्रिय रुपमा फर्निचर उद्योग सञ्चालनमा रहेको त्यसले हजाराँैको संख्यामा युवाहरुलाई रोजगारी दिँदै आएको प्रतिवेदनमा छ उल्लेख गरिएको छ ।

संघका महासचिव चन्द्र गिरीले बाचन गरेको ज्ञापनपत्रमा खुल्ला सीमनाका कारण मुलुकबाट उद्योगहरुमा अतिक्मण बन्द गर्नुपर्ने, स्थानीय तह अन्तर्गत संचालित राष्ट्रि«य वृक्षारोपण आयोजनामा उत्पादित कच्चा पदार्थ बाहिर बिक्री गर्नुको सट्टा स्थानीय स्तरमै व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

त्यस्तै व्यवसायीले राज्यलाई तिर्नु पर्ने कर सम्बन्धी सेवा सुविधा स्थानीय तहबाट व्यवस्था गर्ने र त्यसको अनुगमन र नियन्त्रण स्थानीय तह र व्यवसायी संघको समन्वयमा नै हुने व्यवस्था मिलाउन नगर प्रमुख रानालाई उनीहरुले जोडदार माग गरेका छन् ।

ज्ञापनपत्र बुझेँपछि प्रमुख रानाले जनताका उपब्धिहरु संस्थागत भएको बताएका छन् । “त्यसलाई स्थायित्व दिने क्रममा नीतिगत प्राविधिक समस्या देखिन्छ । विगतमा ऐन कानुन बाझिएकाले विनियम, नियावली स्थानीय तहले बनाइ गति लिनु पर्ने आवश्यक रहेको छ । उनले भने– व्यवसायीको असहजतालाई व्यवस्थापन गरी हितमा काम गर्ने सामूहिक सल्लाह, मस्यौदा गरेर जाने बताए ।”

एउटा काठ लिदाँ कम्तिमा पनि दुईवटा विरुवा बृक्षारोपण गर्नुपर्ने धारणा राख्दै नगर प्रमुख रानाले अर्जुनधारा फर्निचर तथा फर्निसिङ व्यवसायीको मागलाई आगामी कार्यपालिकाको बैठकमा ज्ञापनपत्रलाई राखेँर जाने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर