Aamsanchar

सारथीलाई अब सुरेसको साथ

Author Image
शनिवार, माघ १९, २०७५

झापा ।

‘हरेक नयाँ काममा युवाको हात -सामाजिक रुपातरण मा सारथि छ साथ’ भन्ने पबित्र अभियान बोकेर सामाजिक क्रियाकलापमा सक्रिय ‘सारथी विकास मञ्च नेपाल’ को प्रथम साधरणसभाले सुरेश खड्कालाई तीन वर्षका लागि अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेकाे छ ।

खड्काकाे नेतृत्वमा ११ सदस्सीय कार्यसमिति गठन भएकाे छ । नव गठित समितिकाे उपाध्यक्ष,सचिव,सहसचिव र काेषाध्यक्षमा क्रमश: सुरेन्द्र निराैला, डा.हरिबाबु दाहाल, निराजन पाैडेल र मनाेज श्रेष्ठ रहेका छन् ।

यस्तै सदस्यहरूमा विनाेद साह,अरूण उदास,फडिन्द्र गजमेर,लेखबहादुर धिमाल,भानुभक्त धिमाल र निवास खड्का रहेका छन् । मोरङ उर्लावारी-३ मंगलबारेमा कार्यलय रहेकाे याे संस्थामा यहाँका विभिन्न पेशा/व्यवसाय सञ्चालन गरेर बसेका उर्जाशिल युवाहरू अाबद्ध छन् । हाल सम्म संस्थाले शिक्षा, स्वास्थ्य, खेलकुदका माध्यमबाट सक्रियता देखाउदै अाएको मा अझ यसलाई नै यसलाई पर्यटन संग को कनेक्टिभिटी देखाउदै स्थानिय निकाय संग समन्वय गर्दै कार्यहरु गर्ने छ।

डा. हरि बहादुर दहालले संचालन गर्नु भएको कार्यक्रम मा स्वागत मन्तव्य निराजन पौड्यालले गरे भने समाजका लब्धप्रतिस्ठित ब्यक्तिहरले संस्थाको उदेश्य प्राप्ति का लागि अघ्रिम शुभकामना प्रदान गर्नु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर