Aamsanchar

हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं

Author Image
शुक्रवार, चैत २९, २०७५

यो अति जरुरी जानकारी सबैमा सेयर गरौँ । हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ ।

हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

•अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो ।छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् ।

यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।ढुकढुकी बढ्न– धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

यो पनि पढ्नुहोस् :हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् ।

सुन्दर कपालको लागिः
१. कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ ।

जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।२. स्कैल्प मोइस्चराइजर: ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस् । र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् ।

यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्कैल्पको चिलाउने समस्याको पनि निराकरण गर्छ ।

३. हेयर कन्डिशनर: माथि तयार गरिएको भिंडिको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।

४. टल्किने कपाल: राति दुई कप भिंडिलाई काटेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् । र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस् ।

सुन्दर छालाको लागि: एउटा भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस । अनि सफा पानीले मुख धुनुहोस् ।

भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ ।

छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ ।

आकर्षक छालाको लागि: आधा कचौरा पानीलाई उमाली २–३ भिंडि र आधा चम्चा जीरा हाल्नुहोस् । र ८–१० हरियो धनियाँ हाली उमाल्नुहोस् । त्यसपछि छानेर चिसो हुन दिई ३–४ दिनसम्म फ्रिजमा राख्नुहोस् । यसलाई अनुहार , हात र खुट्टामा लगाई एक घण्टासम्म त्यसै छोड्नुहोस् । अब काक्रोंको जुसलाई अनुहारमा लगाई ५ मिनेट छोड्नुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । गोरो छालाको लागि हप्तामा दुईचोटि प्रयोग गर्नुहोस् ।

फेसपेक: कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । १५ – २० मिनेट लगाई सफा पानीले मुख धुनुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर