Aamsanchar

आगलागीबाट १५ लाख क्षति

Author Image
शुक्रवार, चैत २९, २०७५

 

झापा,

झापाको झापा गाउँपालिका–४ का राजेश गणेशको किराना पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । राति ११ः५० बजे गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद रु १० हजार जलेर नष्ट भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर