Aamsanchar

उर्लाबारीमा युवती बलात्कृत, घाइते अवस्थामा उद्धार

Author Image
सोमवार, असार २३, २०७६

दमक :  सामाजिक संजाल  फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक  युवतीमाथि बलात्कार गरिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय युवतीमाथि बलात्कार गरेका हुन् । खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले गत शुक्रबार राति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको आरोपित राईले बयान दिएको प्रवक्ता श्रेष्ठले बताए । प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए ।

घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । प्रहरी र स्थानीयले उद्धार गरेर टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा युवतीलाई उपचारका लागि लगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर