Aamsanchar

झापामा लागूऔषध कारोबारमा नाबालकको प्रयोग बढ्यो

Author Image
मङ्गलवार, असार २४, २०७६

नरेन्द्र ढकाल /बिर्तामोड।

लागूऔषधको दुव्र्यसन र तस्करीको समस्या विश्वकै लागि चुनौतिपूर्ण बन्दै गइरहेका बेला झापामा पछिल्लो समय यसमा नाबालकहरुको प्रयोग बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो समय नाबालकहरु दुव्र्यसनमा समेत फस्दै गएको पाइएको छ । चालू आर्थिक वर्ष ०७५–०७६ को हालसम्ममा यस्तो अभियोगमा १७ जना नाबालक पक्राउ परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा १५ महिला र एक सय ५४ जना पुरुषसहित एक सय ८६ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका मध्ये एक १३ जना विरुद्ध मुद्दा दर्ता गरिएको र नाबालकहरुलाई सुधार गृह तथा अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

लागूऔषध कारोबारमा संलग्न अधिकांश पक्राउ गर्न प्रहरी सफल भएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म एक जना फरार रहेको बताइएको छ । प्रहरीले पक्राउ परेकाहरुका साथबाट १० लाख ३७ हजार दुई सय ४० रुपैयाँ बराबरको डाइजेपाम, लुपिजेसिक, फेनारगन, नाईट्रोसन, ब्राउन सुगर, गाँजा, नाईट्राभेट चरेश लगायतका लागू औषध बरामद गरेको जनाइएको छ ।

प्रहरीले अघिल्लो आर्थिक वर्ष ०७४–०७५ मा लागू औषधसहित एक सय ८० जनालाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रहरीले गत वर्ष २३ जना नाबालकलाई पक्राउ गरेको थियो । गत वर्ष तीन महिला पक्राउ परेका थिए भने एक सय ६३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

पछिल्लो समय दुव्र्यसन र तस्करीमा नाबालकहरुको प्रयोग बढ्दै गएको भन्दै यो समाजका लागि चुनौतिको विषय बनेको प्रहरी उपरीक्षक मैनालीले बताए । प्रहरीले गत वर्ष चार लाख ६० हजार पाँच सय ५३ रुपैयाँ बराबरको लागूऔषध बरामद गरेको तथ्याङ्क छ । प्रहरीले गत वर्ष एक सय २६ जनालाई मुद्दा दर्ता गरेको थियो भने ९ जना फरार रहेका थिए । लागूऔषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको प्रहरीको भनाइ छ ।

नेपालमा विभिन्न लागू औषध दुव्र्यसनीहरूको संख्या एक लाख रहेको आंकलन गरिएको छ । लागूऔषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् ।

लागूऔषधको दुव्र्यसनीहरूको विश्वको संख्या २०१४ मा दुई अर्ब नौ करोड रहेको उल्लेख छ भने प्रतिवर्ष दुई लाख दुव्र्यसनीहरूको मृत्यु हुने गरेको देखिन्छ । दुव्र्यसनीहरू २०५० सम्ममा २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

साथीहरूको दबाब, विरक्ती, उत्सुकता, असफल, अप्ठ्यारा परिस्थितिबाट पन्छिन खोज्ने युवालाई लागूऔषध बिक्री गर्नेहरूले समस्या समाधान हुने गलत सल्लाह दिएर क्षणिक आनन्द प्राप्तिका लागि सेवन गराउने गर्छन् । प्रहरीका अनुसार, युवायुवती लागूऔषधको कुलतमा फस्नुमा ५० प्रतिशत अभिभावकको कमजोरी देखिन्छ । लागूऔषध प्रयोग गर्नेहरूमा ३१ प्रतिशत दशं२ पढ्नेहरू बढी छन् ।

छोराछोरीलाई मनग्ये खर्च दिने, बाआमा विदेश बस्ने, उनीहरूका क्रियाकलापप्रति खासै चासो नदिने र एक अर्काको देखासिकीमा लाग्ने भएकाले युवामा यो समस्या बढेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

गृह मन्त्रालयको लागूऔषध नियन्त्रण इकाइका अनुसार, १५ देखि २४ वर्ष उमेर समूहका दुव्र्यसनी ५२ प्रतिशत, २५ देखि ३४ वर्ष उमेर समूहका दुव्र्यसनी ४२ र ३५ वर्षभन्दा माथि उमेर समूहका ६ प्रतिशत दुव्र्यसनी छन् । त्यस्तै शैक्षिकस्तरका आधारमा २८ प्रतिशत एसएलसीभन्दा कम अध्ययनरत, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत दशं२ गरिरहेका छन् । अरू स्नातक तहभन्दा माथि अध्ययन गरेकाहरु पनि यस्तो दुव्र्यसनमा छन् ।

झापाका ग्रामीण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा लागूऔषध प्रयोगकर्ता धेरै रहेको प्रहरीले जनाएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषध कारोबारी सक्रिय रहने भएकाले प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

उनले पछिल्लो समय लागू पदार्थको प्रयोग तथा तस्करीमा नाबालकको संख्या बढ्दै गएको भन्दै विभिन्न विद्यालयहरुमा लागूऔषध दुव्र्यसन विरुद्ध र साइबर अपराधको विरुद्धमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर