Aamsanchar

खुशी र सुखी रहने शुत्रहरु

Author Image
बुधवार, फागुन १४, २०७६

मानीसले जीन्दगीभर खुशी र सुखी  रहन अनेक कामहरु गर्ने गर्छन , तर पनी सोचे जस्तो सन्तुष्टी र खुशी प्राप्त गर्न सक्दैनन् । खुशी रहन स्वास्थताले महत्वपुर्ण भुमीका राख्ने गर्दछ । जब तपाईको स्वास्थय स्वास्थ रहन्छ तब सुखी र सन्तुष्टीहरु आफै प्राप्त हुन थाल्छन ।

आब तपाईलाई बताउन जाँदैछौ यस्ता केही शुत्रहरु जस्ले तपाईलाई प्रत्यक पल , प्रत्येक मीनेट , प्रत्यक घण्टा , प्रत्यक दिन खुरी राहन मदत गर्दछन । पढेपछी अबश्य सबैमाझ पुर्याउनुहुनेछ ।

 १, प्रत्येक दिन १० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ । हिँडाइले शरीरमा ताजापन दिन्छ । जसले मन शान्त हुन्छ । शरीर स्वस्थ रहन्छ ।

२, दैनिक जीवनको भागदौडबाट १० मिनेट समय निकालेर मौन बस्नु शरीरका लागि फाइदाजनक हुन्छ । पलेटी कसेर आँखा चिम्म गरी १० मिनेर मौन बस्नु उत्तम । 

३, बिहानको हिँडाइपछि फर्किएर प्रार्थना गर्नु राम्रो । प्रार्थना गर्दै भगवान्लाई हिजोसम्मको साथ र सहयोगका लागि धन्यवाद दिँदै आजको दिनको लक्ष्य पूरा गर्न सहयोग माग्दा मनमा उत्साहको सञ्चार हुन्छ र लक्ष्यमा ध्यानकेन्द्रित हुन्छ ।

 ४, सकेसम्म प्राकृतिक खानामा जोड दिनुपर्छ । जंक फुड जति अस्वीकार ग¥यो त्यत्ति मन र शरीर स्वस्थ हुन्छ । बिहान ग्रिन टि र पानी खानुपर्छ । ब्रोकाउली, आल्मोन्ड खानु राम्रो ।

५, अरूको निन्दा गर्न, अरुबारे नकारात्मक टिप्पणी र सोच अनि विगतको समीक्षा सम्झिँदै मनलाई खिन्न बनाएर ऊर्जा नष्ट नगरौं । अरूको जीवनसँग तुलना गर्दै निरास हुने बानी छ भने त्यागौं । 

६, बिहानको खाना एक्लै खानु, दिउसोको खाजा साथीसँग खानु अनि बेलुकाको खाना दुष्मनलाई दिनु भन्ने कथनले सन्तुलित भोजनमा जोड दिन्छ । दिउसो र बेलुका हलुका खाना खानु राम्रो ।

७, जहिले पनि उस्तै अवस्था र परिस्थिति रहन्न । परिवर्तन भइरहन्छ । कहिले काम सफल हुन्छ, कहिले असफल । जीवनको उतारचढाव स्वीकार गरी धैर्य गर्नु खुसीको बाटो हो ।

८, सधैं जित सम्भव छैन । जीवनमा असल नियतले काम गर्दागर्दै पनि परिणाम विपरीत आउन सक्छ । त्यसमा निराश हुनुको साटो नतिजा स्वीकार गर्नुपर्छ । आफ्नो कुनै कामको नतिजाका लागि अरूलाई दोष दिने बानी छ भने त्यागौं । आफ्नै कामको परिणाम हो भन्ने स्वीकार गरौं ।

९, अरुलाई सहयोग गर्ने बानी बसालौं । सहयोग निःस्वार्थ गर्दा आफैंलाई फाइदा हुन्छ । अपेक्षासहितको सहयोगले पछि निराश बनाउन सक्छ ।

१०,  कसले तपाईंको बारेमा के भन्छ त्यो महत्वपूर्ण हैन, तपार्इंलाई नै आफू कस्तो लाग्छ त्यो नै महत्वपुर्ण हो । स्वीकार गर्नुस् सबैको प्रिय हुन सम्भव छैन । आत्मपरीक्षण मार्फत अरुले के भन्छ भनेर चासो दिनुभन्दा कुनै खराब व्यवहार छ भने आफैं सुधार गर्नु राम्रो ।

यी शुत्रहरु बाहेक तपाईलाई जानकारी भएका र थाहा भएका अरु उपायहरु पनी खुशी प्राप्तीका लागी बलीया शुत्र हुन । सबै भन्दा महत्वपुर्ण कुरा के हो भने तपाई आफ्नो स्वास्थय र खानपानमा ध्यान दिनुहोस । राम्रो र स्वास्थ खानपानले तपाईको स्वास्थयमा नीकै राम्रो नतीजा आउछ । त्यसैले स्वास्थको ख्याल गरौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)