Aamsanchar

पर्यटन पत्रकारिता पुरस्कार बाँस्कोटा, अनुपम र गजमेरलाई

Author Image
शुक्रवार, फागुन १६, २०७६

सुनसरी : पर्यटन व्यवसायको क्षेत्रमा कृयाशिल रहदै आएको सेछ ट्राभलिङले २०७१ सालदेखि प्रदान गर्दै आएको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस वर्ष गिरिराज बाँस्कोटा, विराट अनुपम र दिनेश गजमेरलाई प्रदान गर्ने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा शनिवार धरानमा सो पुरस्कार प्रदान गरिन लागिएको सेछ ट्राभलिङले जनाएको छ ।

२०७४ सालदेखि वितरण गर्न रोकिएको पुरस्कार एकै पटक पर्यटन विषयमा कलम चलाउने तीन जना पत्रकारलाई प्रदान गर्न लागिएको हो । २०७४ सालको पुरस्कार दिनेश गजमेरलाई, २०७५ सालको पुरस्कार गिरिराज बाँस्कोटालाई र २०७६ सालको पुरस्कार विराट अनुपमलाई प्रदान गर्न लागिएको हो । गजमेर हाल कोशीपत्र दैनिक र जनता टेलिभिजनमा आबद्ध छन् भने, बाँस्कोटा पाँचथरलाई कार्यक्षेत्र बनाइ नागरिक दैनिकका संवाददाता हुन् । राससको अंग्रेजी भाषामा समाचार लेख्ने विराट अनुपम स्वतन्त्र रहेर कलम चलाउने गर्दछन् । टुर न्यूज मासिक पत्रिकामा हिमाल र पूर्वको पर्यटनबारे उनको सशक्त लेख आउने गर्दछ ।

२०६८ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलिङले पूर्व क्षेत्रको पर्यटनलाई व्यवसायिकरण गर्ने प्रयास गरिरहेको छ । सेछले धरानलाई केन्द्र बनाइ पूर्वको पर्यटनको प्रचार र प्रवर्धन गर्दै आएको छ ।

यसअघि २०७१ सालमा रोहित राई, २०७२ सालमा गोपाल दाहाल र २०७३ सालमा भैरव आङ्लालाई सो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही १० हजार रुपैया रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 596

प्रतिक्रिया (०)

सम्बन्धित खबर