Aamsanchar

कोरोना आशंका गरिएको विरामी भेटन जादैनन चिकित्सक र नर्स, संक्रमित हुनभने आफन्तमा सर्ने त्रास

Author Image
शुक्रवार, फागुन २३, २०७६

धरान :  काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा उपचार गराइरहेका व्यक्तिलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

भर्ना गरेको २४ घण्टा वित्दा पनि उनको उपचारमा कुनै चिकित्सक पुगेका छैनन् । बन्दीजस्तो बनाएर राख्दा ती युवा तथा उनका आफन्त मानसिक तनावमा परेका छन् ।
प्रदेश सरकारको निर्देशनमा प्रतिष्ठानले पेइङ वडाका १२ वटा बेड आइसोलेटेट बेड बनाएको छ । काठमाडौंबाट ती युवा धरानमा आए पछि उक्त वडामा हालसम्म चिकित्सक नर्स पुगेका छैनन् । एक जना सेक्युरिटी गार्ड नारायण कार्की विना माक्स वडाको निगरानी गरिरहेका छन् । उक्त युवाका आफन्तहरु वडा भित्रै रहेका छन् ।
उपचार पनि नगर्ने आफ्नो मान्छेलाई घर जान पनि नदिने भन्दैं ती युवाका आफन्तहरु आक्रोसित बनेका छन् । उनका ेविषयमा चिकित्सकहरुले कुनै चासो नदेखाए पछि ती युवा घर जान खोजिरहेको सुरक्षा गार्ड कार्कीले बताए ।

विहान आएका नर्स पनि वाड छाडेर गएको कार्कीले बताए । यस विषयमा अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलाई सम्पर्क गर्दा उनी काम विशेषले काठमाडौ रहेको बताए । अस्पताल सहायक निर्देशक डा विकास साह सम्पर्कमा आउन चाहेनन् ।

ती युवालाई पेइङ वडामा बन्दीजस्तो बनाए राखिएको उनका आफन्तले बताएका छन् । ती युवाका आफन्त वाड भित्र रहेकाले युवा संक्रमित भए आफहरु पनि संक्रमति भएको घर परिवार सबै संक्रमित हुने कुरा अस्पतालले किन ख्याल नगरेको भन्दैं उनीहरु आक्रोसित भएका छन् ।

वैदेशिक रोजगारी अन्तर्गत दक्षिण कोरियाबाट फर्किएका उनलाई कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । उनी धरान–१० विशालपथको रहेको खुलेको छ । श्रोत : ब्लाष्ट दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर