Aamsanchar

झापामा आजबाट अधिकाँश क्षेत्र खुल्ला

Author Image
शनिवार, वैशाख २७, २०७७

झापा : झापालाई कोरोना संक्रमणको उच्च जोखिम भएको जिल्लाको रुपमा लिईएको भएपनि लकडाउनलाई खुकुलो बनाउने र अधिकाँश सवारी साधनहरु सञ्चालन हुन पाउने भएछन् । यसले लकडाउन नाम मात्रैको हुने देखिएको छ । नियमित अवस्थामा जिल्ला फर्कने छ ।

कोरोना संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समिति झापाको बैैठकले खाद्यन्न, मल, बिउ विजन, हार्डवेयर, ईटा बिक्री केन्द्रहरु, र्बक तथा बित्तिय सस्थाहरु, ग्यारेज तथा मोटरपार्ट पसलहरु विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म खोल्न दिने निर्णय भएको हो ।

यसले अधिकाँश बजार खुल्ने निश्चित बनेको छ । यसभन्दा अघि खाद्यन्नमात्र यहि समयका लागि खुला गरिएको भनिएपनि लकडाउनको पूर्णपालना हुन सकेको थिएन । विकास निर्माण तथा अधिकाँश उद्योग एवं कारखाना खुल्ला गरिएपछि परिचयपत्र लगाएर सवारी साधन कुदाउन पाउने भनिएको छ ।

कोरोना जाँचको दायरा नबढेको र अहिले जाँच नै नभएको अवस्था रहेको छ । यस्तो अवस्थामा लकडाउन खुकुलो बनाउदै लैजादा जोखिम हुने चिन्ता पनि बढ्दै गएको गुनासो रहेको छ । जिल्लाभर निर्वाध रुपमा सवारी साधन आवतजावत गर्दा र पसलहरु खुल्दा बाहिरबाट भित्रनेको पहिचान हुन पनि मुश्किल हुनेछ ।

यस अघि नेपाल सरकारले खुल्ला गर्न निर्णय गरेको क्षेत्रहरु  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर