Aamsanchar

मापदण्ड विपरित पेट्रोलियम पदार्थ डिपो राख्न नदिने स्थानीयको चेतावनी

Author Image
शनिवार, जेठ २४, २०७७

चारआली । झापाको मेचीनगर– १३ चारआलीमा  सिङो मानवबस्तीसहित वनजङ्गल र पर्यावरणलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने भन्दै नेपाल आयल निगमले चारआलिमा पेट्रोलियम पर्दाथको संचितगृह पाइपलाइन (डिपो) को निर्माणको प्रक्रिया रोक्न आग्रह गरेको छ ।

प्रज्वलनशिल पदार्थ पेट्रोल र ग्यास दुबैको संयुक्त डिपोका लागि निगमले सर्भेको काम सुरु गरेपछि स्थानीयले निर्माण गरेको संर्घष समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताले उक्त आग्रह गरेका हुँन।

विभिन्न देशमा संचालित पेट्रोलियम पर्दाथको डिपो पड्केर मानववस्ती र पर्यावरण समाप्त पारेको भयावह अबस्थालाइ उदाहरणको रुपमा प्रस्तुत गर्दै स्थानीयलाई लागेको शंका उपशंकामाथि सम्बन्धि बिज्ञसहितको टोलिले जनचेतनामुलक कार्यक्रम गर्नसमेत सुझाव दिएका छ्न् ।

डिपो बनाईदा हुने राम्रा र नराम्रा विषयका बारेमा भूगोलविद्, कानुनविद्, वनस्पतिविद्, वातावरणविद् बिज्ञबाट सुझाव लिन संर्घस समितिले अर्को कार्यक्रम गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी मेचिनगर–१३ का वडाअध्यक्ष कृष्णराज सिग्देलले पेट्रोलियम पर्दाथको डिपोको आवश्यकता भएपनि निगमले मापदण्ड र कानुनलाई मिचेकाले चारआलीमा प्रज्वलनशिल पर्दाथको डिपो राख्ने बिषयको बिरोध हो ।
घना मानवबस्ती, बनजङ्गल र उधोग धन्दा भएको ठाउँमा डिपो राख्न नमिल्ने निगमको नियमावलीमा उल्लेख छ तर, मेचिनगर–१३ मा निगमले डिपो राख्न भनि खरिद गरेको २३ बिगाह १३ कठा जमिन उक्त मापदण्ड अनुसार छैन ।
जग्गा खरिद गर्दादेखि नै भ्रष्टाचारमा मुछिएकाले नेपाल आयल निगमसंग स्थानीयले बिश्वास गर्ने आधार नै गुमाएको उनीहरुको भनाइ छ ।

स्थानीयको जग्गा ब्यक्तीको नाउमा लिएर निगमले खरिद गरेको थियो । ब्यक्तीको नाममा खरिद गर्दा प्रतीकठा २ लाख पर्ने जग्गालाई ४ लाख दिएर जग्गाधनीलाई प्रतिकठ्ठा १३ लाखमा हस्ताक्षर गर्न लगाएको थियो । कार्यक्रममा बोल्दै राजनीति दलका खगेन्द्र सिग्देलले निगमले जग्गा खरिदमा कमिशनको सेटिङले मुहाननै धमिलो भएकोले निगमप्रती प्रश्न उब्जेको बताए । उनले नयाँ जोखिमको शिकार मानव र पर्यावरणमा पर्ने हुँदा सो क्षेत्रमा डिपो राख्न नहुने औंल्याए । कार्यक्रममा ख्यामराज गौतम, मेनुका घिमिरे, खड्ग बहादुर कार्की, सन्देस नेउपाने, भोजराज पराजुली, भुपेन्द्र कार्की, उमाकान्त धिताल, हातेमालो सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रेम पौडेल, अनिल कार्की, सबिन सिग्देल, मुना अधिकारि, अनुप सेलवाल, कमल बराल, अर्जुन सिग्देललगायतले स्थानीयसग समन्वय नगरि निगमको डिपो राख्ने कार्यको बिरोध गरेका थिए । मानव समुदाय भएको ठाउमा उधोग कलकारखाना संचालन हुँदा सिङ्गो मानव र पर्यावरणमा समस्या पर्ने उनीहरुको तर्क छ । स्थानीयले राखेको सवालको जवाफमा नेपाल आयल निगम चारआलिका प्रतिनिधि दिलिपकुमार चौधरीले स्थानीयले उठाएका माग सहि भएकोले सोही कुरा केन्द्रमा पठाउने प्रतिबद्धता जनाए ।

उनले मानबबस्ति र पर्यावरणमा असर नपर्ने गरि स्थानीयसग समन्वय गरेर मापदण्डनुसारको कार्य अघि बढाउने बताए ।
बद्री महतको अध्यक्षता र ७ बुद्दे ध्यानाकर्षणसहित कार्यक्रमबारे प्रकाश परेको कार्यक्रममा भुपाल सिग्देलले स्वागत र तेजप्रसाद सिग्देलले संचालन गरेका थिए ।
यसअघि सघष समितिले वडा कार्यालय, मेचिनगर पालिकाको कार्यालय, डिभिजन बन कार्यालय भद्रपुर, जिल्ला प्रशासन कार्यालयमा विभिन्न कारणले निगमले डिपो राख्न नमिल्ने भन्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर