Aamsanchar

सितल चोकका कृषकमा हर्ष बढाईं (फोटो फिचर)

Author Image
सोमवार, असार १५, २०७७

बर्खाको उत्कर्षको समय आज असार १५ अर्थात राष्ट्रिय १७ औं धान दिवस । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय धान दिवस अलिक फिक्का रहन गयो । विगतको जस्तो उल्लासमय वातावरणमा वाडैपिच्छे, नगरैपिच्छे रोपाई महोत्सव (वेठी रोपाईं गर्नेकाम) गरिएन, तथापी  देशका विभिन्न स्थानमा रोपाईं दिवस मनाईएको छ । त्यस्तै आज झापाको कनकाई नगरपलिका वडा नंं.८ स्थित सितलचोकमा रोपाईं दिवसको आयोजना गरिएको थियो । कृषि ज्ञानकेन्द्र झापा, साना किसान कृषि सहकारी संस्था कनकाई र कनकाई नगरपालिकाको संयुक्त आयोजनामा आयोजित रोपाईं कार्यक्रममा कृषकहरुले रमाईलो गरेका थिए ।

असारे गित गाउदै, नाच्दै जेष्ठ महिलाहरुले रोपाई गरेका थिए । युवाहरु हिले दौड र कपडी खेल खेलेर रमाई गरे । कोहीले विउ बोकेर रोपाहार सम्म पुर्याउे काम गरेका थिए, केही भने आली लगाउने र ताछने काम गरिरहेका थिए । त्याहाँको दृष्य अन्यत्नै रमाईलो थियो । बालक देखि बृद्धसम्मका एकै ठाउँ भेला भएर दही चिउरा, केरा र आँप खादा जिब्रोमा स्वाद परेको सहजै अनुमान गर्न सकिन्थियो । हुन पनि समूहमा खाएको खानेकुरा निकै स्वादिलो सबैलाई लाग्ने गर्छनै ।

फोटो : बिनोद पाण्डे/आमसंचार

त्यस्तै गरी झापाको मेचीनगर क्षेत्रमा शरद जोशी र दिनेश राजवंशीले खिचेको फोटोहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर