Aamsanchar

झापा प्रहरीले गर्यो त्रिबर्षीय मुद्धाको तुलनात्मक समिक्षा र विश्लेषण

Author Image
आइतवार, साउन ४, २०७७

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाले विगत तिन बर्ष  भित्र भएका अपराधिक घटना, मुद्धा, उजुरी लगायत १२ प्रकारका विषय माथी जिल्ला प्रहरी कार्यालय झापाले समिक्षा तथा विश्लेषण सार्वजनिक गरेको छ ।

आईतबार जिल्ला प्रहरी कार्यलय भद्रपुरमा जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले पत्रकार भेटघाटको कार्यक्रम आयोजनागरी उक्त विषयहरु सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको बिषयमा मुद्दा दर्ता, भौगोलिक क्षेत्र अनुसार मुद्धा दर्ता, आत्महत्या सम्बन्धि, यौनजन्य सम्बन्धि अपराध, लागु औषध सम्बन्धि अपराध, ठाडो उजुरी, अवैध चोरी तस्करी नियन्त्रण तर्फ त्यसैगरी महिला, बालवालिका तथा जेष्ठनागरिक सेवा केन्द्र, सामुदायीक प्रहरी साझेदारी कार्यक्रम तर्फ, नगरपालिका तथा गाँउपालिकाको न्यायिक समितिमा परेका उजुरीको विवरण, सवारी दुर्घटना ट्राफिक व्यवस्थापन र फैसला कार्यान्वयन तर्फका विषयहरु समावेस गरिएको थियो ।

त्रिबर्षीय मुद्दा दर्तामा आर्थिक बर्ष
२०७४/०७५ मा कुल मुद्दा दर्ता संख्या १६८७
२०७५/०७६ मा कुल मुद्दा दर्ता संख्या १४६४
२०७६/२०७७ को अवधिमा दर्ता भएका कुल मुद्दा दर्ता संख्या ११७०

बिगत तीन आर्थिक बर्षमा कुल मुद्दा दर्ता संख्या ४३२१ रहेको छ ।

मुद्दाहरुको तुलनात्मक विश्लेषण

आर्थिक बर्ष २०७४/२०७५ भन्दा आर्थिक बर्ष २०७५/२०७६ मा कुल मुद्दा दर्ता संख्या १३.२१ % ले र आर्थिक बर्ष २०७६/२०७७ मा अघिल्लो आर्थिक बर्षको तुलनामा २०% ले घटेको देखिन्छ ।
२, आर्थिक बर्ष २०७४/२०७५ भन्दा आर्थिक बर्ष २०७५/२०७६ मा दर्ता भएका मुद्दाहरु मध्ये अभद्र व्यवहारको मुद्दा ४५% र आर्थिक बर्ष २०७६/२०७७ मा अघिल्लो आर्थिक बर्षको तुलनामा ४३% ले घटेको देखिन्छ ।
३, अघिल्लो आर्थिक बर्ष २०७५/२०७६ को तुलनामा आर्थिक बर्ष २०७६/२०७७ मा लागू औषधको मुद्दा समेत ६% ले घटेको पाउन सकिन्छ ।
४, अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या,जबरजस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहु विवाह लगायतका मुद्दाहरु आर्थिक बर्ष २०७६/२०७७ मा कमी आएको छ ।
५, मुद्दा दर्ताको संख्यामा कमी आउनुको सम्भावित कारणहरुमध्ये कोभिड (१९ को रोकथाम तथा न्यूनिकरणको लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएका सचेतनामुलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती,चेकजाँच, मानिसको चेतनाको स्तरमा बृद्धि, प्रहरीको सक्रियता आदी हुन सक्ने महशुस गरिएको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा भौगोलिक क्षेत्र अनुसार मुद्दा दर्ता नगरपालिका स्तरमा घटेका अपराधहरुको कुल मुद्दा दर्ता संख्या – ८९७, गाँउपालिका स्तरमा घटेका अपराधहरुको कुल मुद्दा दर्ता संख्या – २७३ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर