Aamsanchar

सहाराको विगत देखि वर्तमान सम्मको यात्रामा हेमराज

Author Image
मङ्गलवार, साउन २७, २०७७

सहारा नेपाल गैरसरकारी संस्था झापाको पुरानोमध्ये एक निरन्तर चलिरहेको संस्था हो । यही संस्थाका एक खम्बा हुन् झापा चारपानेका हेमराज गिरी । सहाराका संस्थापक रहेका गिरी सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन् ।

स्थापनाकालमा भुइँमा चकटी ओछ्याएर बैठक बस्ने गरेको सुनाउँदै उनले संस्थाको विगतबारे भने, ‘हामी सबै स्वयमसेवकका रुपमा खट्ने गथ्र्यौं ।’ त्यो बेला झापामा गैरसरकारी संस्थाहरु तीनचारबटा मात्र रहेकाले कार्यक्रमहरु पनि हुँदैनथे । तर, सहारा नेपालले आफ्ना सदस्यबाट सदस्यता शुल्क लिएर कार्यालय सञ्चालन गर्यो ।
काम गर्दै जाँदा एउटा कार्यक्रम हात लागेको गिरीले सुनाए । ‘हामीलाई त्यो बेला नेपाल सामुदायिक विकास केन्द्रले एउटा प्रोजेक्ट दियो’, गिरीले विगत सम्झिए, ‘सहाराले प्रौढ शिक्षाको कार्यक्रम सुरु गर्यो ।’ जुन कार्यक्रम झापामा पहिलोपटक सुरु भएको थियो ।

कार्यालयमा बैठक हुँदा गिरीले चिया खाजाको व्यवस्था गर्थे भने अर्का संस्थापक ध्यानबहादुर गिरीले डेस्क बेन्चको बन्दोबस्ती गर्थे । त्यसैबीच संस्थाले थाल, गिलासलगायत भाँडावर्तन, त्रिपाल, पेट्रोमेक्स जस्ता समाजमा आवश्यक पर्ने सामग्री खरिद गर्यो । त्यो समाजका सदस्यल प्रयोग गरेबापत सहारालाई रकम बुझाउथे र त्यही रकमले कार्यालय सञ्चालन हुने गरेको गिरीले बताए ।
भुइँको बसाइबाट सुरु भएको सहारा अहिले आएर अन्तर्राष्ट्रिस्तरको कार्यक्रम गर्न सक्षम भइसकेको छ । सहारासँग हाल २० वटाजति ठुला प्रोजेक्ट छन् । बाँसको उद्यम कार्यक्रम स्थापना गरेर सहाराले फरक खाले पहिचान पनि बनाइसकेको गिरी सुनाउँछन् ।

सहाराका त्यो बेलाका संस्थापकहरु कमल थपलिया, महेन्द्रकुमार गिरी, नरनाथ गिरी, दुर्गा भण्डारी, तारा सञ्जेल (हाल स्वर्गीय), छविलाल खतिवडा, लालराज सुवेदी (हाल स्वर्गीय) र ध्यानबहादुर गिरीको संयुक्त मेहनत र सिर्जनशीलताका कारण सहारा अहिलेको सफल अवस्थामा आइपुगेको उनी बताउँछन् ।
सहारामा आवद्ध हुँदा गिरी २३ वर्षका मात्र थिए । सहारा गैरसरकारी संस्था स्थापना भएको एक वर्षपछि यही टिमले सहकारी संस्था स्थापना गर्ने सोच बनायो । सहारा स्थापना हुनुको पछाडि आफ्नै रोचक प्रसंग छ ।

चारपाने क्षेत्रमा त्यो बेला चर्को ब्याजमा पैसा लगानी हुन्थ्यो । साहू महाजनहरुको हालीमुहाली रहेको गिरीले सुनाए । यति मात्र होइन पाँच सय, एक हजारको नोट साँट्न हम्मे पथ्र्यो । यही परिस्थिति बुझेका सहारा गैरसरकारी संस्थाका सदस्यहरुले सोही नाम दिएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरे ।
३३ जना सदस्यबाट सुरु गरिएको सहारा साकोस हाल आएर नेपालको सबैभन्दा धेरै सदस्य भएको सहकारी भएको गिरीले बताए । सहाराका ३३ जना संस्थापकमध्ये तारा सञ्जेल, लालराज सुवेदी र कुलदिप गिरीको निधन भइसकेको छ । त्यो बेला ३२ जनाको एकएक हजार र छवि खनालबाट दुई हजार रुपैयाँ गरी ३४ हजार रुपैयाँको पुँजीबाट सहारा नेपाल साकोस सुरु भएको गिरीले बताए ।
भोलिका दिनमा स्थायित्व हुनका लागि स्थापना गरिएको सहारामा लाखौँ नागरिक आश्रित छन् । एउटा भरोसाका रुपमा खडा भएको सहाराको भ्रमण संयोजक भएर गिरीले सदस्यहरुलाई नेपालका विभिन्न स्थानको अवलोकन गराएका छन् । सँगैका दौँतरी विदेसिए पनि उनी स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर