Aamsanchar

बालकलाई म्यासेन्जरमा अश्लिल भिडिओ पठाएर हैरान बनाउने एक युवक काठमाण्डौबाट पक्राउ

Author Image
बिहिवार, असोज २९, २०७७

 

काठमाण्डौ – एक बालकलाई फेसबुक म्यासेन्जरमा अश्लिल भिडिओ पठाएर हैरान बनाउने एक युवकलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । खोटाङको रावाबेसी गाउँपालिका घर भइ काठमाण्डौको कागेश्वरी मनहरा बस्ने २१ वर्षीय प्रविण ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ढकालले छिमेकी बालकलाई फेसबुक म्यासेन्जरमा अश्लिल भिडिओ पठाएर हैरानी दिएपछि बालकको परिवारले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा ढकाललाई पक्राउ गरेर कारबाहीको लागि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । यस्तै ढकारी गाउँपालिका अनलाइनखबर फेसबुक पेज खोलेर युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । अपाच्य स्टाटस लेख्ने, फोटो सम्पादन गरेर युवतीहरुलाई अश्लिल देखाउने लगायतका काम गरेको आरोपमा प्रहरीले अछामको ढकारी गाउँपालिका चैनपुरका किरण बुढालाई प्रक्राउ गरेको हो । उनले अन्य विभिन्न फेक एकाउन्ट बनाएर चर्चित कलाकारहरुको फोटो सम्पादन गरी अश्लिलता फैलाएको, चरित्र हत्या गरेको तथा हैरानी दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर