Aamsanchar

दसैंमा मासु खादा ध्यानदिनु पर्ने कुरा

Author Image
शनिवार, कार्तिक ८, २०७७

दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । सामान्यतया दसैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ ।

मासुलाई पोसिलो र स्वस्थकर खानेकुराका रुपमा लिइन्छ । १ सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन ४ देखि ५ ग्राम चिल्लो पदार्थ, १ देखि १ दशमलव ५ ग्राम खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन ए, बी, सी आदि पाइन्छ । त्यसैले दैनिक ३० देखि ५० ग्राम मासु खानुलाई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक भनिन्छ । तर मासु खाएकै कारण बिरामी पनि पर्न सकिन्छ । नियमित रुपमा मासु खाने व्यक्तिमा मोटोपनको समस्याका साथ उच्च रक्तचाप, मुटु रोग तथा आन्द्रा र कलेजोमा खराबी पनि हुन सक्छ ।

दसैंको तीन–चार दिन मासु खाँदैमा मुटु, मृगौला अनि अन्य दीर्घकालीन रोग लाग्ने सम्भावना हुँदैन तर यस किसिमका रोगीलाई भने थप असर पर्न सक्छ । त्यस्तै अस्वस्थ्य र असुरक्षित मासु एक पटक खाए पनि त्यसले विभिन्न सरुवा रोग लगाउन सक्छ ।

मासुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने रु धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ ।
पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव छ ।

दसैंमा मासु कति खाने ?

मासु कति खाने भन्ने कुरा व्यक्तिको पाचन क्षमतामा निर्भर रहन्छ । पाचन क्षमता राम्रो भएका व्यक्तिले केही धेरै खाँदा पनि फरक पर्दैन । तर, पाचन क्षमता कमजोर भएका व्यक्ति सचेत हुनुपर्छ ।

  • व्यक्तिको उमेर र दैनिक गतिविधि तथा व्यायामले यसमा फरक पार्छ । १० वर्षमुनिका व्यक्तिको पाचन शक्ति कमजोर हुने भएकाले मासु निकै कम खाने या सकेसम्म नखाएकै राम्रो हुन्छ ।
  • ६० वर्षभन्दा माथिका व्यक्तिले पनि मासु पचाउन मुस्किल पर्छ । अन्य उमेरका व्यक्तिले आफ्नो पाचन क्षमता तौलेर मासु खानुपर्छ ।
  • मासु खाँदा सलाद र सागसब्जी पनि मिलाएर खाँदा ब्यालेन्स मिल्छ । मासु खाने समयले पनि पच्नेरनपच्ने निक्र्योल गर्छ । बिहानको समयमा मासु खानु राम्रो हुन्छ ।
  • बेलुका खाएको मासु पचाउन गाह्रो हुन्छ । राति सुत्ने समय भएकाले बेलुका मासु खाँदा पच्न गाह्रो हुन्छ ।
  • वृद्धहरुको पाचनप्रणाली केही कमजोर हुने भएकाले छाला एवं बोसोरहित मासु राम्रोसँग पकाएर खान दिनुपर्छ । उनीहरुलाई बढी मसलेदार तथा चिल्लो नबनाई सादा र सामान्यभन्दा बढी पकाएर खुवाउनुपर्छ ।
  • मधुमेह तथा उच्च रक्तचाप वा मुटुको समस्या भएकाहरुले पनि बोसोरहित मासु वा खसीको भन्दा पनि कुखुराको मासु वा माछा रोज्नु उपयुक्त हुन्छ । मृगौला रोगीले मासुका परिकार तथा नुन बढी प्रयोग गरिएका अन्य परिकार पनि नखानु नै राम्रो हो । त्यस्तै कलेजो कमजोर भएका, जन्डिस भएका बिमारीहरुले बोसो कम भएको र चिल्लो, मसला नहाली उसिनेको मासु थोरै खाँदा हुन्छ ।
  • रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउँछ । उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्क जस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दशैको मासु पकाउँदा सजक बन्नुपर्छ । मासुलाई धेरै भुट्ने, तार्ने वा पोल्ने भन्दापनि थोरै भन्दा थोरै तेल प्रयोग गरि सामान्य तरिकाले पकाउनु उपयुक्त हुन्छ । एकपटक प्रयोग गरिएको तेल अर्को पटक प्रयोग गर्नुहुँदैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 503

प्रतिक्रिया (०)

सम्बन्धित खबर