Aamsanchar

स्कारपियो जीप दुर्घटना, पाँच जना घाइते, दुईको अबस्था गम्भीर

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

धादिङ : नीलकण्ठ नगरपालिका वडा नं.- ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट करिब एक सय मिटर तल थोपल खोलामा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टेरबाट उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा मुक्तिनाथ विकास बैँक प्रदेश प्रमुख सुरेन्द्र श्रेष्ठ, मुक्तिनाथ विकास बैँक धादिङ शाखाका प्रमुख विनोद खतिवडा लगायत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर