Aamsanchar

दुई सय पर्ने सिंगो बाँसलाई टुक्रा पारेर पाँच हजार भन्दा धेरै मुल्यमा बेच्दै झापाका तिन यूवा

Author Image
मङ्गलवार, मंसिर २३, २०७७

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ होक्सेमा बाँसको भाँडा बनाउने उद्योग संचालनमा आएको छ ।
कोरोनाका कारण जब देशमा लकडाउन सुरु भयो त्यसपछी रोजगारीका बाटोहरु बन्द हुदै जान थालेपनि स्थानिय तिनजना युवाको नयाँ सोच र योजनामा सुरु भएको उद्योग नेपालमै नौलो र पहिलो उद्योग भएको उद्योगका संचालकहरुले दावी गरेका छन् ।

भारत, भियतनाम, थाईलेण्ड, कोरिया र चाईनामा अत्याधि उत्पादन अनि प्रयोग हुने बाँसका भाँडाकुडाहरु नेपालीहरुको लागि साच्चै नै नौलो र मनपर्दो लाग्ने खालका छन् ।
बुद्धशान्तिका गोकुल पौडेल, मनोज प्रसाई र रोशन भट्टराईको संयुक्त लगानीमा उद्योग संचालनमा ल्याईएको हो ।
नेपालमा अन्य मुलुकमा बनेर आयात गरिएका प्लास्टिक, स्टिल, र सिसाका भाँडा भन्दा निकै आर्कषण किफायती देखिने सामाग्रीहरु यतीवेला झापामा उपहारको रुपमा आदन प्रदान गर्ने चलन पनि सुरु भएको छ ।

पर्यावरण र मानस स्वास्थ्य बिग्रनबाट जोगाउ मद्धत पुग्ने, स्वदेशमै कच्चा पदार्थ पाईने भएकोले सामाग्री उत्पादनलाई निरन्तरता दिन सकिने भएकोले यस उद्योग संचालन गर्न तर्फ आफूहरु आर्कषित बनेको संचालक सदस्य गोकुल पौडेलले बताए ।
उद्योगका लागि पहिलो आवश्यक कच्चा पदार्थ भनेको बाँस हो । बाँस पनि सामान्य रुपमा पाईने खालको भने होईन करिव ८ देखि १० बर्ष पुरानो बाँस प्रयोगमा ल्याईने गरिएको छ, जसका लागि छिमेकी जिल्ला इलामका रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका विकट क्षेत्रहरुबाट संकलन गरेर बाँस ल्याईने गरेको बताईएको छ ।
भारतको सिक्किम राज्यमा प्रदेश सरकारले नै यस्तो उद्योगलाई प्रोत्साहन गरेर संचालनमा ल्याएको छ, त्याहाँ पुग्ने पर्यटकहरुले निकै उत्साहित बनेर खरिद गर्ने गरेको र नेपालमा पनि प्रयोगकर्ताको संख्या क्रमस बढदै जाने अपेक्षा राखेर अन्य मुलुकमा पनि निर्यात गर्नेे लक्ष्यका साथ उद्योग संचालनमा ल्याईएकोे अर्का संचालक रोशन भट्टराईले बताए ।

तिन युवाले उद्योगका लागि ३० लाख सम्म लगानी पुर्याउने बताईएको छ । पहिलो चरणमा १० लाख बराबरको बाँस र मेशिन खरिद गरेर प्रारम्भिक रुपमा उद्योग संचलन गरिएको छ । क्रमस कम्तिमा एक कठ्ठा क्षेत्रफलमा ट्रस्ट बनाउने तयारी भई रहेको छ । संगसंगै दक्ष प्राविधिक तयार पार्ने काम पनि भइरहेको छ । हाल नौ जना स्थानियले तालिम लिईरहेका छन् । निकट दिनमै २५ जना प्राविधिक तयार पार्ने बताईएको छ ।
यस उद्योगबाट उत्पादन हुने सामाग्री सामान्य वर्गको पहँुचमा भने हुन नसक्ने देखिएको छ । ठुला ठुला महलका व्यक्ती, स्टार होटल र बार रेस्टुरेण्टका ग्राहलाई आर्कषण गराउन यि बाँसका भाँडा प्रयोगमा आउने देखिन्छ । उद्योगबाट हाल चिया कप, पानी खाने बोटल, वियर तथा वाईन कप, थर्मस, जग, बोटुका, ट्रे, काटा चम्मचहरु उत्पादन भईरहेको छ । यि उत्पादन मध्ये चिया कप, र वाईन कपको माग धेरै रहेको बताईएको छ । मुल्यको हिसावले सरदर एक दर्जन कपको तिन हजार पर्नजाने संचालक मनोज प्रसाईले बताएका छन् ।

प्रयोगको हिसावले महंगो भएपनि टिकाउ, कलाकारितालाई हेर्दा मुल्य खासैं महंगो होईन, निरन्तर प्रयोग गर्दा कम्तिमा दुई बर्ष देखि ५ बर्ष सम्म टिक्न सक्ने र सामान्य रुपमा खस्दा नफुटने भएकाले सिसाको तुलनामा सस्तो भएको प्रविधिक कर्ण राई बताउछन् । उनि भन्छन ‘जति धेरै प्रयोग गर्यो त्यतीनै यि भाँडाहरु चम्किला बन्दै जान्छन् माझ्न पनि कुनै फरक तरिका अपनाउनु पर्दैन अन्य भाँडा जसरी माझिन्छ त्सैगरी माझ्न सकिन्छ ।’

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 621

प्रतिक्रिया (०)

सम्बन्धित खबर