Aamsanchar

पार्टी विभाजनपछि तटस्थ बस्दै आएका गौतमले भेटे प्रचण्डलाई

Author Image
शुक्रवार, पौष १७, २०७७

काठमाण्डौ – पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गर्नुभएको हो । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका गौतमलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । तर गौतम अहिलेसम्म कसैको पक्षमा खुल्नुभएको छैन ।

राष्ट्रियसभाको बैठक बस्ने दिन राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले प्रचण्डसँग भेट गर्नुभएको हो । राष्ट्रियसभा बैठकमा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विषय उठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर