Aamsanchar

पुर्वाञ्चल क्यान्सर अस्पताल स्थापनाको एक बर्ष पुरा, एसियामै पहिलो साइबरनाइफ प्रबिधि भित्र्याउने

Author Image
शुक्रवार, पौष १७, २०७७

स्थापनाको पहिलो बर्षमा क्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्र यादवलाई केक खुवाउदै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं । फोटो : आमसंचार

बिर्तामोड । प्राणघातक रोग क्यान्सर बाट गुज्रिनु पर्दा को पिडा म आफैंले भोगेको छु । यो रोगलाई जितेर नयाँ जीवन को अनुभूती गर्न पाउनु मेरो लागि संसार जित्नु सरह हो । क्यान्सर बाट पीडितहरु को मुहारमा नयाँ जीवन मुस्कुराएको हेर्न मेरो एउटै मात्र अभिप्रेरणाः दुर्गा प्रसाईं लेखेको व्यानर बोर्ड पूर्वाञ्चल क्यान्सर अस्पतालमा जता त्यतै देख्न सकिन्छ ।

पूर्वी नेपालको मुख्य सहर विर्तामोडमा देशकै अत्याधुनिक सेवा सहित पुर्वाञ्चल क्यान्सर अस्पताल स्थापना भएको अंग्रेजी नयाँ बर्ष जनवरी १ मा एक बर्ष पुरा भएको छ । सन् २०२० जनावरी १ (पुस १६) मा स्थापना भएको अस्पतालले आज बार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै अस्पतालका फाउण्डर कार्यकारी निर्देशक दुर्गा प्रसाईले ३ सय शैय्या को क्षमता भएको अस्पतामा ३ हजार कर्मचारीले रोजगारी प्राप्त गरेको बताएका छन् । उनले शुक्रबार अस्पतालमै आयोजना भएको समारोहमा दक्षिण एसियाकै नमुनाको रुपमा रहेको यस अस्पतालले ३ हजार स्टाफलाई रोजगारी दिएको बताए । बार्षिक १० करोड तलब भुत्तानी गरिरहेको र आगामी आफू आवद्ध कम्पनीहरुबाट १० अर्ब कर सरकारलाई तिर्ने गरिको योजनाहरु अघि बढाउने बताए । ‘अहिले पनि राम्रो कर तिरेर सरकारलाई सहयोग पुर्याइरहेको छ ’ उनले भने।कोरोना कहरकै बिच स्थापना गरेको अस्पताले सफलता पुर्वक काम गरेर एक बर्ष पुरा गरेको बताए । उनले अब एसियामा नै नभएको साइबरनाइफ अत्याधुनिक रेडियोसर्जरी प्रबिधि भित्र्याउन लागेको जानकारी दिएका छन् ।

साइबरनाइफ ट्युमरको उपचारलगायतका अन्य अवस्थाको रोगीको उपचारका लागि प्रयोग हुन्छ । यसबाट नदुखाईकन उपचार गरिन्छ र ट्युमरलाई नष्ट गर्न निश्चित स्थानमा विकिरण दिन सकिन्छ । यो प्रविधिमा अत्यन्त केन्द्रित विकिरण प्रयोग गर्न रोबोटिक हात प्रयोग गरिन्छ ।

कार्यक्रममा अस्पताले प्रवाह गरेको सेवाका बारेमा जानकारी दिँदै मेडिकल डाईरेक्टर बिरेन्द्र यादवले एक बर्षको अवधीमा २ हजार ७ सय जना नयाँ बिरामीलाई सेवा प्रबाह गरेको जानकारी दिए । यस्तै रेडिएसन सेवा ४ सय १३ वटा , क्यान्सर हस्पिटलको ओपिडीमा जम्मा २६ हजार , रेडियो सर्जरी ४० , मामोग्राफी४ सय , बायोप्सी ३ हजार ३ सय ५६ , एमआरआई ३ सय १९ , सिटी ५सय २६ , जम्मा युएस्जी ८ सय ८० , जम्मा इन्प्यासेन्ट ८ जम्मा ४२ र जम्मा डेकेयर २ हजार ५ सय ९०जना बिरामीको गरिएको जानकारी दिए ।

यादवका अनुसार पहिलो एकवर्षमा स्तनका सर्जरी १ सय ५, कोलोरेक्टल ५०, न्यूरो २५, गाइनो ५०, टाउको र घाटी १ सय , सार्कोमास १० लगायतगरी ५ सयभन्दा बढी सर्जरी गरिएको छ । कार्यक्रममा मेडिकल डाईरेक्टर निराजन पराजुली, डाक्टर उमेस शर्मा, पत्रकार मोहन काजी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन अस्पतालका प्रवक्ता प्रमिस गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर