Aamsanchar

सुरुंगामा बाह्र करोडको लगानीमा नयाँ स्वरुपमा होटल डिलाईट पुनः उद्घाटन

Author Image
शुक्रवार, पौष १७, २०७७

चारपाने ।  झापाको कनकाई नगरपालिका–३ सुरुंगामा होटल डिलाईटलाई पुनः उद्घाटन गरिएको छ ।  शुक्रबार अंग्रेजी नयाँ बर्षको अबसर पारेर विगठित प्रतिनिधीसभा सदस्य एलपी साँवाले होटलको उद्घाटन गरेका हुँन ।

२०७० सालमा तत्कालिन अवस्थालाई मध्येनजर गरेर सुरुंगामै ठुलो होटलको रुपमा संचालनमा ल्याईएको होटल डिलाईटलाई समय साक्षेप अझ सुविधा युक्त र अन्य सेवाहरु थप गरेर पुनः संचालनमा ल्याईएको होटल संचालक खेम ओलीले बताए । उनले भने होटल संगै बेकरी, क्याफे र व्याङ्क्विट हल पनि सुरु गरिएको छ, होटलमा १८ वटा सुवधा सम्पन्न ८ सय देखि ५ हजार सम्माका सयन कक्ष, ३५ जना भन्दा धेरै बस्न सक्ने एसी मिटिङ हल, दुई वटा भिआईपी क्याविन, फूल एसी रेष्टुरेण्ट, स्पेसल बार, फराकिलो पार्किङ स्थल लगायत मौलिक तथा आधुनिक बस्तु द्वारा साजसंज्जा गर्दा हाल सम्ममा लगभग १२ करोड लगानी भईसकेको छ ।

उद्घाटन कार्यक्रममा प्रशेद १का सांसद हिरा थापा, कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, वडा नम्बर ३ का अध्यक्ष रुद्र चिमरिया, होटल व्यवासयी ंसंघ झापाका महासचिव शिव पौडेल लगायतले थप सुविधा र उच्च व्यवास्थापमा  डिलाईट होटल  संचालनमा आउदा झापाको पर्यटन क्षेत्रमा टेवा पुग्ने धारणा राखेका थिए ।

कार्यक्रमको संचालन भिम भट्टराईले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 599

प्रतिक्रिया (०)

सम्बन्धित खबर