Aamsanchar

जनता समाजवादी पार्टी र नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा

Author Image
शुक्रवार, पौष १७, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताए ।

जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभूति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको जिकिर गरे । जसपाले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ–संगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)