Aamsanchar

नेकपा(दाहाल-नेपाल) समूहले आज दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने

Author Image
शनिवार, पौष १८, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा(दाहाल-नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेताहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम जनपरिचालन सम्बन्धी हुने बताएका छन् । यसअघि यो समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।

बुधबार नै दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गर्ने भनिए पनि अन्य दलसँग मिलेर संयुक्त कार्यक्रम दिने प्रयासमा दाहाल-नेपाल समूह संवादमा लागेको थियो । तर, तत्काल अन्य दलसँग संयुक्त संघर्षका कार्यक्रममा सहमत नभएपछि शनिबार दाहाल- नेपाल समूहले एकल रुपमा कार्यक्रम ल्याउन थालेको हो ।

आन्दोलन परिचालन गर्न नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । श्रेष्ठले शनिबार समितिको बैठक बस्ने र तीन बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । आन्दोलनका कार्यक्रम वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका सदस्यहरुको भनाइ छ ।

दाहाल(नेपाल समूहले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । यो समूहले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

दाहाल(नेपाल समूहले असंवैधानिक र अलोकतान्त्रिक, किदमका विरुद्ध राजनीतिक र कानुनी संघर्षको घोषणा गर्दै प्रमुख प्रतिपक्ष लगायत संसद्‌मा र बाहिरका पार्टीहरुलाई एकताबद्ध भएर अगाडि बढन् अपिल गरिसकेको छ । संसद विघटनसँगै नेकपा विभाजित भएको थियो । वैधानिकतालाई लिएर दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर