Aamsanchar

दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिद बिलनभएको बहुमूल्य वस्तु नबोक्न आग्रह

Author Image
सोमवार, पौष २०, २०७७

काठमाण्डौ – दोहामा रहेको नेपाली राजदूतावासले दोहाबाट काठमाण्डौ यात्रा गर्दा अन्य व्यक्तिको बहुमूल्य वस्तुहरू नबोक्न नेपाली समुदायमा अनुरोध गरेको छ । कतारबाट नेपाल आउने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा प्रलोभनमा परि सुनलगायतका बहुमूल्य वस्तु ल्याउँदा नेपालमा विभिन्न समस्यामा परेको भन्दै राजदूतावासले ध्यानाकर्षण देखाएको हो ।

राजदूतावासले कतारमा आफूले खरिद गरेको सुनलगायत बहुमूल्य वस्तुको खरिद बिल सँगै लैजान अनुरोध गरेको छ । साथै दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिद बिल साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने बहुमूल्य वस्तु बोकेको पाइएमा सामान जफतका साथै कारबाही पनि हुने भन्दै राजदूतावासले सचेत गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर