Aamsanchar

प्रतिबन्धित लागू औषध सहित मेचीनगरका एक युवा पक्राउ

Author Image
बुधवार, पौष २२, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेका मेचीनगर १० कै बर्ष ३२ का मो.मुस्ताफा रहेका छन् । उनको साथमा रहेको १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर सहित आज दिनको २ बजे प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मुस्ताफाको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ फेलापारी ईलाका प्रहरी कार्यालय धुलाबारीमा मुस्ताफालाई राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर