Aamsanchar

माधव नेपाल नेकपाको नक्कली अध्यक्ष : पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा

Author Image
बिहिवार, पौष २३, २०७७

काठमाडौं । नेकपाको ओली पक्षका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका अर्का नेता माधव नेपाललाई नक्कली अध्यक्षको संज्ञा दिनुभएको छ । नेकपाको विधान अनुसार उहाँ पार्टी अध्यक्ष बन्न नमिल्ने भएकाले नेपाल नेकपाको नक्कली अध्यक्ष भएको बास्कोटाको टिप्पणी छ ।

नेकपाको दाहाल–नेपाल पक्षले राजनितिक फन्डा चलाईरहेको आरोप लगाउदै उहाँले चुनावमा प्रतिश्पर्धा गर्न आउन चुनौती दिनुभयो । जनताको मतलाई अपमान गरेर, छलकपट गरेर दाहाल नेपाल समूह टुक्रिएको उहाँको भनाई छ । लोकतन्त्र भएको देशमा प्रमुख कार्यकारीको आलोचना हुनु स्वभाविक भएको तर्क गर्दै उहाँले अहिले ओलीको आलोचना भने बढी भएको दावी गर्नुभयो ।

जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि निर्वाचनमा जानु निरङकुशता नभएको उहाँले तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा जान्छु भन्ने प्रधानमन्त्रीलाई निरङकुश भन्न मिल्दैन, बरु निर्वाचन नहोस भन्ने र जनतासामु जानु नपरोस भन्नेहरु नै निरंकुश हुन ।”

“चुनावमा जानु निरङकुशता भए लोकतन्त्र चाहिँ के हो रु केपि ओली साढे १४ बर्ष झापा विद्रोहरुपछि जेल कस्का लागी बस्नु भएको रु उहाँले जनताको लागी काम नगरेको भन्न मिल्छ ? देशमा चुनाव नहुने भए सत्ता निर्माण केबाट बन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओली अव निर्वाचनमा जाने र जनताले खटाएको ठाउँमा बस्ने बताउदै उहाँले देशमा भएको मुल समस्याको समाधान निर्वाचनबाटै हुने जिकिर गर्नुभयो । राजनीतिक अस्थीरता र अन्यौलता सृजना भइरहेका बेला नेता बास्कोटाले अव देशमा कुनै पनि हालतमा विद्रोह नहुने दावी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर