Aamsanchar

परराष्ट्रमन्त्रीको भारत भ्रमणको समयमा सीमा विवादबारे कुराकानी हुन्छ: प्रधानमन्त्री

Author Image
आइतवार, पौष २६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको लगायतका विभिन्न विषयमा परराष्ट्रमन्त्रीले भारतसँग छलफल गर्नु हुनेछ ।’ प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई व्यवहारिक रुपमा अगाडि बढाउन परराष्ट्रमन्त्रीको भारत भ्रमणले सहयोग गर्नेसमेत बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर