Aamsanchar

प्रहरी ‘अप्रेसन हन्ट’ सफल, १५ थान मोटरसाईकल बरामत, चोरीमा संलग्न ७ जना पक्राउ

Author Image
मङ्गलवार, पौष २८, २०७७

बिर्तामोड । झापाको विर्तामोड स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको विभिन्न स्थानबाट चोरी भएको १५ थाना मोटरसाईल बरामत गरेको छ ।
चोरी भएको निवेदन दैनिक जसो प्रहरीमा आउन थालेपछि प्रहरी अनुसन्धान अन्तरगत ‘अप्रेसन हन्ट’ नाम दिईएर चोरी भएका मोटरसाईकलहरु खोजी कार्यमा लागेको प्रहरी टोलीले करिव १५ दिन भित्रमा १५ थान मोटरसाइकल बरामत र चोरी कार्यमा संलग्न ७ जनालाई पक्राउ गर्न बिर्तामोड प्रहरी सफल भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

बरामत गरिएको मोटरसाईकल र चोरीमा संलग्न व्यक्तीहरु ।

बरामत भएको मोटरसाईकलहरुमा तिन थान टिभिएस, ११ थान पल्सर मोटरसाईकल र एक थान यामाहाको स्कुटर रहेको छ । चोरी कार्यमा प्रत्यक्ष संलग्न रहेका इलाम माई नगरपालिका वडा नंं २ बस्ने बर्ष २२ का रोशन तामाङ (क्षितिज), सोही ठाउँका बर्ष २० का रोशन बुढाथोकी, माई नगरपालिका वडा नं.६ का बर्ष २० का रोशन गिरी, सोही स्थानका बर्ष ३० का राजेश गिरी र बर्ष २० का मनिस राईलाई पक्राउ गरी झापा जिल्ला अदालतबाट चोरीजन्य कसुरमा म्याद थप भई अनुसन्धान भई रहेको इलाका प्रमुख रिजाले जानकारी दिए । अरु दुईजनाको नाम भने सार्वजनिक गरिएको छैन ।

बरामत गरिएको मोटरसाईकल र चोरीमा संलग्न व्यक्तीहरु ।

विगत केही महिना यता बिर्तामोड क्षेत्रमा अस्पताल, घर, बजार, चोकबाट मोटरसाईक चोरी हुनेक्रम बढेको थियो । पक्राउ परेकाहरु पेसेवर चोर भएको उनिहरुले विभिन्न योजना बनाई समूहगत कार्य विभाजन गरी केहीले ताला फुटाउने, अर्को समूहले ढुवानी गरी अन्यत्र लैजाने र बाँकीले बिक्रीका लागि ग्राहक खोज्ने काम गर्ने गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको र बिक्रीका लागि इलाम जिल्लाका विभिन्न दुर्घम गाउँ र स्थान चयन गरेर चोरी कार्यमा संलग्न व्यक्तीहरुले बिक्री गर्ने योजना बनाई रहेको अबस्थामा पक्राउन गरिएको प्रहरीले बताएको छ ।

‘अप्रेसन हन्ट’ मा खटिएका प्रहरीहरु ।

‘अप्रेसन हन्ट’ ले बिर्तामोड र अर्जुनधारका विभिन्न स्थान भद्रपुर रोड, महानन्द चोक, किरात चोक लगायतका स्थानमा चोरी गरेर लुकाई छिपाई राखेको अवस्थामा मोटरसाईकलहरु बरामत गरिएको र चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको ‘अप्रेसन हन्ट’ का कमाण्डर प्रहरी निरिक्षक हरि बरालको बताए ।

‘बरामत गरिउको मोटरसाईकलहरु कानुनी प्रक्रिया पुरा गरेर छिट्टै पिडितहरुलाई बुझाउने र हराएका अरु मोटरसाइकलहरु यसै अप्रेसन मार्फत खोजी गर्ने’ डिएसपी रिजालले भनेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर