Aamsanchar

प्रदेश सभा सदस्य ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला

Author Image
शुक्रवार, माघ २, २०७७

दाङ – जिल्ला अदालत काठमाण्डौले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला गरेको छ । मानव बेचबिखन मुद्दाका मुख्य व्यक्ति एवम् तत्कालीन लुम्बिनी प्रदेशका प्रदेश सभामा दाङबाट प्रतिनिधित्व गर्ने उत्तरकुमार ओलीको मृत्यु भएकाले उहाँकी श्रीमती एवम् प्रदेश सभा सदस्य विमला ओलीलाई अदालतले बिगो भर्न आदेश दिएको हो ।

दाङकै नरेन्द्र बस्नेतले अमेरिका पठाउने बहानामा बेचबिखन गरेको भन्दै मानव बेचबिखन ब्युरो काठमाण्डौमार्फत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । त्यस मुद्दामा फैसला सुनाउँदै अदालतले स्वर्गीय ओलीलाई दोषी ठहर गर्दै बिगो भराउन उहाँकी श्रीमतीलाई आदेश दिएको हो ।

मुद्दाका अर्का अभियुक्त दाङको घोराही उपमहानगरपालिका १४ मिलनचोकका टोपबहादुर जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसीपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर