Aamsanchar

बाच्नको लागि बुद्धशान्ति–३ का नागरिकलाई हरेक रात चुनौती

Author Image
बुधवार, माघ १४, २०७७

पीडित खिना खतिवडा ।

विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीले मानव बस्तीमा पसेर दिनहुँ वितण्डा मच्चाई रहेको छ । भर्खरै स्थानियका आधा दर्जन भन्दा धेरै घरहरुमा क्षती पुर्याएको छ भने घर भित्र राखेको अन्नपात नस्ट, खेतबारीमा लगाईएको बाली, फलफूल र सागसब्जी भित्राउने अवस्था छैन ।

पीडित कृष्णमाया चापागाईं

पछिल्ला केही दिन भित्रमा खिनामाया खतिवडाको घरको बरण्डामा लगाईएको बार हात्तिले भाची दिएको छ । त्यस्तै अर्का हात्ती पिडित कृष्णमाया चापाँगाईंको काठको बेरा भत्काएर धानको बोरा नै हात्तिले लिएर गएको थियो । अर्का स्थानिय शान्ति धिमालको दुई तर्फको टाटी र सौचालयमा हात्तीले पूर्ण क्षती पुर्याएको छ ।
सानो बच्चा सहित बस्तै आएकी स्थानिय गायत्री घिमिरेको घरको सिकुवामा गृलले बेरा लगाएर सो ठाउँमा च्याउ खेती गर्दै आएकी थिइन उनको च्याउ खेती कामै नलाग्ने गरी हात्तिले क्षती पुर्याई दिएकोे छ । गृल पुन नबन्ने अबस्थामा पुगेकोे छ ।

घाईते निलकण्ठ पौडेल ।

गाउँमा मजदुरी गर्दै बालबच्चा पाल्दै आएका प्रकास लूईटेलले छोरा छोरी र आफ्नो लागि बर्ष दिन सम्म पुग्ने ३० मन थान किनेर जोहो गरेर राखेका थिए, उक्त धानको भक्कारीनै तानेर घरबाहिर छरिदिदा र हात्तिले खाईदिए पछि अब कसरी बर्ष भरी भात खाने भन्ने चिन्तामा छन् । धान मात्र हैन टिनको छाँनो र एक तर्फीको टाटीबेरा कामै नलाग्नेगरी हात्तिले भत्काई दिएको छ । सोही ठाउँमा पशु आहार चोकर दानाको व्यापार गर्दै आएका पवनकुमार दंगालको दुईवटा सटरको पक्की गारों र माथी लगाएको फल्स सिलिङ समेत क्षतविक्षत बनाई दिएको छ । यि त हालसालै भएका घटनाका पिडित पात्रहरु मात्र हुन् ।

‘घरै मास्तिर हात्ती आयो छरछिमेकीहरु होहल्ला गर्दै हात्ती खेदाउन लागे’ गाउँले संगै हात्ती धपाउन निस्केका निलकण्ठ पौडेल भाग्यले बाँचेका छन् उनलाई हात्तिले लसारपछार पार्दै ढाढमा कुल्चिदा दुईवटा करङनै भाचिएको छ । आलीको डिलमुनी परेकाले हात्तिले जोरले कुल्चिन पाएन र उनि बाच्न सफल भए, उनि अहिले नोवेल अस्पतालमा अप्रेसन गराएर घरमै स्वास्थ्य लाभ लिई रहेका छन् । आर्थिक विपन्नताका बिच जीवन निर्वाह गर्दै आएका पौडेलको गाउँलेहरुको सहयोगमा ५ लाख भन्दा धेरै खर्च भयो, हाल उनको अवस्थालाई हेर्दा कम्तिमा ६ महिना सामान्य जीवनमा फर्कन मुस्किल देखिन्छ ।

त्यहाँका नागरिकहरु सँग हात्ती धपाउने कुनै आधुनिक उपकरण पनि छैन, न प्रसाशनको साथ छ, भगवान पुकार गर्दै थाल ठटाएर हात्तीबाट बच्नको लागि हरेक रात चुनौतीको सामाना गर्नु बाहेको अर्को विकल्प छैन ।
विगतका बर्षहरुमा हुलका हुल हात्ती आउने गरेको सो ठाउँमा यतीखेर एकवटा हात्तिले उपर्दो गरिरहेको छ । जब साँझ पर्दै जान्छ त्याहाँ मानिसहरु राँको र टर्च लाईटको व्यट्रीको व्यव्सथापनमा लाग्ने गरेका छन् । हिजो माथ्लो घर भत्कायो आज कस्को घर भत्काउने कस्लाई घाईते बनाउने र कस्ले मर्नु पर्ने भन्ने भय त्रासमै त्याहाँका नागरिकहरुका दैनिकी बित्ने गरेको छ ।

हात्तीले क्षती गर्यो राहत पाउँ भन्दै स्थानिय सरकार समक्ष निवेदन दिनेहरुको संख्या दैनिक चलिरहेको छ । स्थानिय सरकारले सामान्य रुपमा राहत उपलब्ध गराए पनि प्रक्रियाको कारण देखाउदै ढिलो राहत दिने, धनिपुर्जा नभएकाले राहत पनि नपाउने नियमले गर्दा भुमीहिनहरु झन मर्कामा परिरहेका छन् । बन्य जन्तु को कानून कडै छ, कानुन कार्यनयन गर्ने जिम्मा पाएको बन बिभागलाई नागरिकले पिंडा पेश गर्दा क्षती प्रति कुनै चासो दिईदैन उल्टै नागरिकलाई हप्काउने गरेको पिडित पवनकुमार दंगालको गुनासो छ ।

पीडित प्रकास लुईटेल ।

हात्तिले लाखौंको क्षती पुर्याउछ तर क्षतीपुर्ती दिने कानुनमा छैन भन्दै राहातमा दश, पन्द्र हजार सम्म बन विभागले उपलब्ध गराउन सहजीकरण गर्छ, स्थानिय सरकारले पाँचहजार दिने निर्णय गरेको छ । सो रकम पनि प्राप्त हुन महिनौ लाग्ने गरेको कारण पिडितहरुको दुःखमा मल्हमपट्टी लाग्न सकेको छैन ।
हात्ती नआवोस् भनेर त्याहाँका स्थानियहरुले अनेकौ उपायहरु अप्नाएका छन् । घर वरिपरी प्लास्टिका धजा टागेका छन् । विजुली प्रवाह भएको जस्तो देखाउन तारले घरबारी घेरेका छन् । घरै पिछे राँको, टर्च ठुलो आवजमा बज्ने बाजा, ढोल ढ्याङग्रो तयार पारिएको हुदो रहेछ, कुनै टोलमा हात्ति देखियो भने होहो र हाईहाई गर्दै होहल्ला गर्दै राँको र बाजा बजाउन थाल्दा रहेछन् त्याहाँका दिन दुःखी कृषक, मजदुरहरु ।

हात्ती र मानव बिच ठुलो दन्द्ध रहेको छ । हात्तिले मान्छे मार्ने की सधैको पिर खप्न नसकेर अब मानिसले हात्ती मार्ने भन्ने अवस्था छ । कानुनको परेधिमा रहेका स्थानियहरु सरकारले नै हात्तिलाई अन्यत्र पठाउने वा व्यवस्थापन गर्ने काम गरोस् भन्ने चाहेका छन् । जंगल क्षेत्रलाई बिद्युतिय तारबार गर्ने, दिउसै सबै लागेर जंगलबाटनै हात्ती लखेट्ने अन्तिम विकल्प रहेको स्थानिय नागरिक अगुवा सिताराम बास्तोला बताउछन् । उनि अहिले स्थानिय सरकारले गठन गरेको मानव हात्ती दन्द्ध नियुनिकरण समितिका अध्यक्ष पनि हुन् ।

पीडित पवनकुमार दंगाल ।

हात्तीले व्यक्तीका मात्र हैन सार्वजनिक भौतिक संरचनाहरु पनि भत्काउने काम गरिरहेको छ । केही दिन अघि आर्दश नमुना सामुदायिक बनले निर्माण गरेको पर्यटकियत स्थलमा रहेको मन्दिरको भण्डार कोठाको भित्तो पनि भत्काई दिएको छ । जंगल घेराबारा गरिएका पोल र तारहरु जता त्यतै छिनाई दिएको छ । सो क्षेत्रमा विगतका दिनमा हात्तिले मानिस मारेको र हात्ती पनि मरेको अबस्थामा फेला परेको घटनाहरु स्थानियका लागि ताजै छ । अब पनि मानव र जंगली जनावरको ज्यान नजावोस् भन्नको लागि सरकारले त्यस क्षेत्रमा दिर्घकालिन समस्या समाधानको कार्यक्रम र योजना तत्काल ल्याउन आवस्यक देखिएको छ ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 411

प्रतिक्रिया (०)