Aamsanchar

मनकामनाका विद्यार्थीहरु साहित्यिक रचना वाचनमा पनि सक्रिय

Author Image
सोमवार, माघ १९, २०७७

विर्तामोड । मनकामना क्याम्पस साहित्यिक परिवारले आज साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

मनकामना क्याम्पसको सभाहलमा संस्थाका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा आयेजित कार्यक्रममा क्यापसका शैक्षिक संयोजक कुमार थपलियाको प्रमुख आथित्यता रहेको थियो ।

प्रमुख अतिथी थपलियाले शुभकामना मन्तव्य राख्दै यस परिवारले विध्यार्थीवर्गमा सकारात्मक र उत्प्रेरणामुलक साहित्यिक भावना ओतप्रोत गर्न सकेकाले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

मनकामना कलेज बिर्तामोडमा अध्ययन्रत साहित्य अनुरागी विध्यार्थिहरुको एक साहित्यिक समूह हो ।

विध्यार्थिमा लुकेर रहेको प्रतिभाको प्रष्फोटन गराउने र युवावर्गलाई साहित्य क्षेत्रमा अग्रसर गराई पठन संस्कृती , लेखन संस्कृतिको विकास गरि नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले २०७२ सालमा स्थापना भएको सभापती भण्डारीले जानकारी दिए ।

करिव १७ जना विध्यार्थीको गजल ,गित , मुक्तक ,कविता ,वक्तृत्व, साहित्यिक लेख आदि प्रस्तुत भएको कार्यक्रममा स्वागत परिवारकी कोषाध्यक्ष माल्भिका लक्सम्बा र संचालन सचिव उमेश खतिवडाले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर