Aamsanchar

ओली समूहको जनसभालाई लक्षित गरेर लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित

Author Image
बुधवार, माघ २१, २०७७

काठमाडौं । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।

सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ । लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भर्याङ कार्यालयले लिने परीक्षा रोकिएको हो । माघ २३ गतेको कार्यक्रमलाई लक्षित गरी यो समुहले आज काठमाडौंमा १० हजार मोटरसाइकल र्याली निकाल्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर