Aamsanchar

रुपन्देहीमा अर्थमन्त्री पौडेललाई लखेटे स्थानियले

Author Image
शुक्रवार, फागुन २१, २०७७

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको हो । यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।

स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। बलियो सुरक्षा घेरामा आज (शुक्रबार) शिलान्यास कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै तोडफोड गरेका हुन् ।

स्थानीयवासीले मञ्चमै आएर तोडफोड गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँडेका थिए । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्च तर्फबाट पनि पनि प्रतिकार भएको र त्यसपछि वातावरण झन् बिथोलिएको थियो । मन्तव्य दिन सुरु मात्र गरेका अर्थमन्त्री पौडेल तोडफोड हुन थालेपछि मञ्च छाडेर हिँडेको प्रहरीले जानकारी दिएको छ ।

शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयवासीले भत्काइदिएका थिए । आज फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरिएको थियो। सरकारले रूपन्देहीमा १ हजार बिघाको करिडोर निर्माण अभियान थालेको छ । करिडोर निर्माण गर्दा ४ सय घरपरिवार विस्थापित हुने भएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।साभार: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर